विद्युतका लेखापालविरुद्ध ५२ लाखको मुद्दा
काठकाडौं : नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्रमा कार्यरत तत्कालीन लेखापाल उमेशकुमार महतविरुद्ध ५२ लाख १३ हजार विगो मागदाबीसहित मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार महतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता एव सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।
केन्द्रका प्रमुख मनोजकुमार सिंह समेतको मिलेमतोमा ललितपुर वितरण केन्द्रमा सरुवा भएर जाँदा बरबुझारथ समेत नगरी गएको र ललितपुरमा २० लाख रकम हिनामिना गरेको सम्बन्धमा छानबिन गर्दा १ करोड रकम हिनामिना गरेको भेटिएको छ।
उनीविरुद्ध दुई वर्ष ६ महिनादेखि ४ वर्षसम्म कैद सजाय र विगो मागदाबी गरिएको छ।