लागू औषधसहित एक पक्राउ
विराटनगर : विराटनगर महानगरपालिका–१५ बसपार्कबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराह नगरपालिका–१ का २० वर्षीय मोहन साहलाई पक्राउ गरेको हो।
साहका साथबाट ५५ एम्पुल डाइजेल्याब, ५५ एम्पुल एभिल, ५५ एम्पुल लुपिजेसिक र ८ चक्की स्पास्मोप्रोक्सिभन बरामद भएको प्रहरीले जनाएको छ।
भारतको जोगवनीबाट लागुऔषध खरिद गरेर आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साहविरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ।