एसईई : काठमाडौंमा थपिए १४ परीक्षा केन्द्र

एसईई : काठमाडौंमा थपिए १४ परीक्षा केन्द्र

काठमाडौं : चैत्र १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि काठमाडौंमा १४  परीक्षा केन्द्र थपिएका छन्। 

एउटा केन्द्र ५ सयभन्दा बढी परीक्षार्थी नराख्ने उद्देश्यले थप गरिएको  शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए।  उनका अनुसार १४ परीक्षा केन्द्र थप गरेर ११२ बनाएको छ। विगतमा एउटै परीक्षा केन्द्रमा ७ सयसम्म परीक्षार्थी रहँदै आएका थिए।  

‘धेरै परीक्षार्थी भएर परीक्षा नै भद्रगोल हुन्थ्यो, यति भएर केन्द्र थपेर परीक्षार्थी घटाएका छौं’, उनले भने, ‘एउटा पहिलो ६५० देखि ७०० सम्म परीक्षार्थी हुन्थ्यो, यो वर्ष सबैभन्दा बढी ५१० छ, अधिकांशमा ४ सयको हाराहारीमा छन्।’ 

काठमाडौं जिल्लाबाट ३७ हजार १२९ जना लिइरहेका छन्। परीक्षा ५ हजार जनशक्ति परिचालन भएको जानकारी दिए। 

उनले एसईई परीक्षा भइरहेको अवस्थामा सुरक्षाकर्मी कक्षाकोठामा जान नपाउने बताए। एउटा फर्निचरमा दुई मात्र विद्यार्थी राख्न गरी सिट प्लानिङ गरिएको बताए। शाखा अधिकृत शेषकान्त पौडेलले परीक्षामा सुधारको  प्रयास भइरहेको बताए। उनले परीक्षाका लागि बनाइएको आचार संहिता कडाईका साथ पाला सबै केन्द्राध्यक्षलाई अनुरोध गरे। 

परीक्षामा अस्वस्थ प्रतिस्पर्धा नगर्न निर्देशन
 काठमाडौं जिल्लाको एसईई परीक्षा संचालनको जिम्मा पाएको जिल्ला शिक्षा एवं समन्वय एकाईका प्रमुख नन्दलाल पौडेलले  परीक्षामा अस्वस्थ्य प्रतिस्पर्धा नगर्न निर्देशन दिएका छन्। 

काठमाडौंका विद्यालयले आफनो विद्यालय उत्कृष्ट बनाउन परीक्षामा चलखेल गर्ने गरेका छन्। परीक्षामा हुने चलखेलप्रति इंगित गर्दै पौडेलले उनीहरु सचेत गराएका हुन्। ‘काठमाडौंमा रोग नै छ,’  उनले भने, ‘पढाउन भन्दा परीक्षामा बढी ध्यान जान्छ यहाँका स्कुलको।’

उनले सबैभन्दा भद्रगोल परीक्षा एसईई हुने उनको भनाइ छ। उनले केन्द्राध्यक्ष गैरजिम्मेवार परीक्षा अर्मादित र अव्यवस्थीत हुनुका साथै उत्तरपुस्तिका समेत क्रमाङ, उत्तरपुस्तीका नमिलाई, स्टीच समेत नलगाई पठाउने गरिएको उनले बताए।

इकाईका प्रमुख पौडेलले परीक्षणमा काठमाडौं उत्तरपुस्तीकामा सबैभन्दा समस्या भएको आफू पाएको बताए।

‘मैले जिल्लामा दुई पटक काठमाडौं  कपी जाँचको मौका पाँए, यहाँको जात्रा गरेर कपि पठाएको थियो की कुरै नगरौं,’ उनले भने।

उनले निजी विद्यालयले शुल्क नतिरेको भन्दै विद्यार्थीलाई परीक्षा समेल हुन बाट बन्चित नगराउन समेत निर्देशन दिए। उनले थोरै पैसा नतिरकै भरमा परीक्षार्थीलाई परीक्षाबाट बन्चित गर्नु अपराधिक काम भएको बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.