आगलागीबाट ३० लाखको क्षति
विराटनगर : मोरङको ग्रामथान गाउँपालिका–२ भृकुटी चोकमा मंगलबार बिहान भएको आगलागीबाट ३० लाख मुल्य बराबरको क्षति भएको बताइएको छ ।
स्थानीय जानुका दाहालको गाईगोठबाट सुरु भएको आगोले छिमेकी दामोदर बरालको फुसको छानो भएको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । दाहालको गाईगोठमा खोले पकाउने क्रममा अचानक गोठबाट आगलागी सुरु भएको जनाइको छ । आगलागीबाट दाहालको टिनको छानो भएको गोठ जलेर नष्ट हुँदा एक लाख ५० हजार रुपयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार बरालको घरमा सल्किएको आगोले घरसहित अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात, नगद ५ लाख जलेर पूर्ण रुपमा नष्ट हुँदा भएको छ । आगो स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको र घटनामा कुनै मानविय क्षति भने नभएको केसीले बताए ।