भिडियो कन्फरेन्सबाट बयान

भिडियो कन्फरेन्सबाट बयान

दाङ : दाङ देउखुरी जिल्ला अदालतमा श्रब्यदृश्य प्रणाली (भिडियो कन्फरेन्स)मार्फत बयान लिन सुरु गरिएको छ। अदालतले आरोपितको बयान श्रब्यदृश्य प्रणालीबाट लिन सुरु गरेको जनाएको छ। आरोपीलाई अदालत पुर्‍याएर बयान लिँदा बढी समय लाग्ने र सुरक्षा चुनौती पनि हुने भएकाले मंगलबारदेखि औपचारिक रुपमा भिडियो कन्फरेन्समार्फत प्रहरी कार्यालयबाटै बयान लिन सुरु गरिएको हो।

जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका करणी मुद्धाका अभियुक्तसँग भिडियो कन्फरेन्समार्फत बयान लिएर मंगलबारदेखि सेवा आरम्भ गरिएको हो। जिल्ला न्यायाधीश हेमन्त रावलले जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत राजन गौतम र करणी मुद्धाका अभियुक्तसँग श्रव्यदृष्यमार्फत सोधपुछ गरि अनुसन्धान गर्न प्रहरीलाई थप ४ दिनको म्याद दिएका हुन्।

म्याद थप गर्न अभियुक्तलाई अदालत ल्याउनु नपर्ने र अदालतले अन्य जिल्लाका अदालतसँगको आन्तरीक सोधपुछ पनि भिडियो कलमार्फत गर्ने न्यायाधीश रावलले जानकारी दिए। यस्तो व्यवस्थाले समय, इन्धन र जनशक्ति बचतसँगै सुरक्षा व्यवस्थामा समेत मद्धत पुग्ने उनले बताए। कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नहकुल सुबेदीले सेवालाई प्रविधिमैत्री बनाउँदै छिटो छरितो बनाए सबैलाई फाइदा पुग्ने बताए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बेलबहादुर पाण्डेले जिल्ला प्रहरी कार्यालय घोराही, इलाका प्रहरी कार्यालय तुलसीपुर, गढवा र वडा प्रहरी कार्यालय लमही गरी ४ स्थानबाट अदालतमा भिडियो कलमार्फत बयान र म्याद थप गर्न सकिने व्यवस्था गरिएको र अन्य इकाईहरुमा पनि व्यवस्था गरिने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.