विषादीको सट्टा जैविक झोल

विषादीको सट्टा जैविक झोल

इलाम : इलामको सूर्योदय नगरपालिकाले रासायनिक विषादीको विकल्पमा जिवातु नामको जैविक झोल प्रवद्र्धन गरेको छ। विषादी मुक्त नगरपालिका घोषित यो नगरपालिकाले नयाँ प्रविधि प्रवद्र्धन गर्न थालेको हो। बालीमा लाग्ने रोग निधानका लागि किसानले रासायनिक विषादी प्रयोग गर्दै आएका थिए।

जैविक विधिबाटै रोग र किराका समस्या समाधान गर्ने उद्देश्यले गाउँमै वैज्ञानिक पठाएर प्रविधि हस्तान्तरण प्रयास गरेको सूर्योदय नगरपालिकाकी उपमेयर दुर्गादेवी भट्टराईले जानकारी दिइन्। इलाममा काउलीबालीमा गाँठेरोग, अलैंची र अदुवामा गानो कुहिने र सुन्तलालगायतका बालिमा सिटरस डिक्लाइनको समस्या देखिएको छ। रोग निदानका लागि यो प्रयास उपयोगी हुने नार्कका पूर्ववरिष्ठ वैज्ञानिक खड्गभक्त पौड्यालले बताए।

रासायनिक मलखादको माध्यमबाट अर्बौं रुपैयाँ विदेशिनबाट रोक्न यो नयाँ प्रविधि उपयोगी हुने नेप्लिज फार्मिङ इन्स्टिच्यूटका प्रमुख वैज्ञानिकसमेत रहेका पौड्यालको भनाइ छ।

उनीसहितको टोलीले ३० वर्षको अनुसन्धानपछि जिवातु लाभदायक प्रमाणित भएको पत्ता लगाएको थियो। बाली लगाउने समयमा रासायनिक मल नपाउने समस्या, रासायनिक मलका कारण माटोमा बढी रहेको अम्लियपन, रासायनिक मल र विषादीले ल्याएका स्वास्थ्य समस्या, उत्पादन र उत्पादकत्वमा भइरहेको ह्रास घटाउनुका साथै तरकारी उत्पादनमा वृद्धि ल्याउने उनको धारणा छ।

सूर्योदय नगरपालिकाले नगरका २ सय ५२ वटा टोल विकास संस्थामा कृषि वैज्ञानिक पौड्यालसहितको टोली पठाएर स्थलगत अभ्यास गराएको नगरपालिकाको आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले जानकारी दिए। उनले भने, ‘नगरको अग्र्यानिक अभियान सफल बनाउन जिवातुको परीक्षण सुरु गरेका हौं।’

उनका अनुसार जीवातुको प्रयोगले तरकारी, अन्न, फलफूल, मसला, चिया, कफी, अलैंची, फूल र जडिबुटी आदिमा लाग्ने रोग र किरा नियन्त्रण हुनुका साथै विरुवालाई चाहिने सबै पोषणसमेत पुर्‍याउन सकिन्छ। बजारमा प्रतिलिटर १५० रुपैयाँमा पाईने जीवातुबाट २१ दिनमा एक सय लिटर ‘जिवातु एक’ नामको जैविक विषादी बनाउने विधि र प्रयोगका तरिका किसानमा हस्तान्तरण गरेको उमपेयर भट्टराईले बताइन्।

उनकाअनुसार किसानलाई गाईको गोबर मल, पानी र एक लिटर जिवातु मिसाएर बनाएको मलको बारेमा पनि सिकाइएको थियो। जीवातुले माटोमाथि र माटो मुनिको रोग र किरा नियन्त्रण गर्ने पौड्यालले बताए। किसान मुक्तिनाथ आचार्यले जीवातुले अलैंचीलगायतका बालिको रोग निधान गर्ने जानकारीले कृषक उत्साहित भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.