अस्तव्यस्त महानगर

अस्तव्यस्त महानगर

विराटनगर : विराटनगर महानगरपालिका र निर्माण कम्पनीले सडक निर्माणको काम अलपत्र छाडिदिँदा प्रदेश १ को अस्थायी राजधानी विराटनगर अस्तव्यस्त बनेको छ । जथाभावी सडक खन्ने तर महिनौंसम्म काम सुरु नगर्दा यात्रुले सास्ती खेप्नु परेको छ ।

विराटनगर महानगरपालिकाले पाँचौं साफ महिला च्याम्पियनसिप अघि नै निर्माण सक्ने भन्दै दुई महिनाअघि मुख्य बजारको सडकमा ढल बिच्छ्याउने काम सुरु गरेको थियो । साफ च्याम्पियनसिपको समूह चरणका खेल सकिए पनि महानगरले मुख्य सडकमा ढल बिच्छ्याउने काम सम्पन्न गर्न सकेको छैन । वैकल्पिक सडक नहुँदा विराटनगरको व्यस्त बजार मेनरोड भद्रगोल छ । विराटनगरको व्यस्त बजार मेनरोडसहितका सडक जथावाही खनिँदा बजार क्षेत्र भद्रगोल बनेको हो ।

विराटनगरको उत्तर दक्षिण सडकको तीनपैनी चोकदेखि ट्राफिक चोकसम्मको खण्डलाई मुख्य बजार मानिन्छ । अधिकांश पसल तीनपैनी ट्राफिक चोक खण्डमा छन् । करिब दुई किलो मिटरको बजार क्षेत्रलाई जोड्ने पूर्वतर्फ ८ र पश्चिमतर्फ ९ वटा सडक छन् ।

बजार जोड्ने सडकको काम नसकी महानगरले मुख्य सडक खनेपछि सर्वसाधारणलाई अस्पतालसम्म पुग्न गाह्रो भएको छ । कछुवा गतिमा काम हुँदा सर्वसाधरणले सास्ती व्यहोर्नु परेको स्थानीयको गुनासो छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत विराटनगर महानगरपालिका भित्रका सडक कालोपत्रे गर्ने काम सुरु भएयता अस्तव्यस्त बनेको हो । महानगर भित्रका ७४ किलोमिटर सडकमा कालो पत्रेको काम सुरु भएको छ । २ अर्ब ६३ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरेपनि यात्रुको चाप बढी हुने सडकको वैकल्पिक बाटो समेत खनेर छोडेकाले सास्ती बेहोर्नु परेको स्थानीयले गुनासो गरेका छन् । चाईनिज कम्पनी झोङ झयाङले ठेक्का लिएर विराटनगरको आशिष निर्माण सेवाले काम सुरु गरेको छ । यातायात सञ्चालनका लागि बाइपास सडक नछाडी ढलको पाइप बिच्छ्याउन अन्दाधुन्ध खनिएपछि बजार क्षेत्र अस्तव्यस्त बनेको व्यापारी गंगा साहले बताए ।

विराटनगर रानी–धरान ६ लेन सडकको काम पनि निर्माणधिन अवस्थामा छ । महानगरका सबै मुख्य सडक भत्काइँदा ट्राफिक जाम पनि बढेको छ । विराटनगर महानगरपालिकामा एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय शहरी विकास परियोजना सञ्चालित छ । बैंककै सहयोगमा सञ्चालित एकीकृत शहरी वातावरणीय सुधार परियोजनामार्फत काम सम्पन्न नभए पछि आएको क्षेत्रीय शहरी विकास परियोजनाले एक वर्षयता काम गरिरहेको छ ।

एक वर्षअघि सुरु भएको परियोजनाको काम समयमा नै सक्न बजार क्षेत्रमा एकै पटक ढल बिच्छ्याउने काम सुरु गरिएको महानगरका मेयर भीम पराजुलीले बताए । उनले असारसम्म ढल बिछ्याउने काम सकिने गरी काम सुरु गरेको बताउँदै भने, ‘पाइप बिच्छ्याउने काम सकेर कालोपत्रेको काम गर्छाै ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.