स्काभेटर दुर्घटनामा चालकको मृत्यु

स्काभेटर दुर्घटनामा चालकको मृत्यु

ओखलढुंगा : मानेभञ्ज्यांग गाउँपालिका वडा नं. ४ स्थित बालेथाममा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोलु करिडोरको विद्युत प्रशारण लाइन विस्तारका लागि निर्माण गर्न लागिएको टावरको जग खन्ने क्रममा दुर्घटना हुँदा चालक १८ वर्षीय जीवन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। टावर (पोल) निर्माण स्थल खन्ने क्रममा ना १ क ७७९४ नम्बरको स्काभेटर दुर्घटनामा परेको हो । 

स्काभेटर मंगलबार साँझ ६ बजे दुर्घटना भए पनि चालकको अवस्था अज्ञात थियो। हराइरहेका चालकको शव भने बुधबार बिहान मात्रै फेला परेको थियो। स्काभेटर दुर्घटनासँगै बेपत्ता चालकको शव भीरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

आयोजनाका ठेकेदार नआएसम्म स्थानीयले शव उठाउन मानेका छैनन् । 

स्काभेटर सडकबाट ८ सय मिटर तल भीरमा खसेर दुर्घटना भएकाले भीरबाट शव निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख पुष्पराज मल्ले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.