सुरक्षा अधिकारीको बैठकमा भाग लिन आईजीपी खनाल थाइल्याण्ड उडे

सुरक्षा अधिकारीको बैठकमा भाग लिन आईजीपी खनाल थाइल्याण्ड उडे

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडी प्रयास (बिमस्टेक) को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बुधबार थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गरेका छन् ।

बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन उनीसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत सोमेश थापा थाइल्याण्ड उडेका हुन् ।

बैठकमा सदस्य राष्ट्रका सुरक्षा अधिकारीबीच आतङ्कवाद, लागुऔषध, हातहतियार, मानव बेचबिखनजस्ता अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षाका विषयमा छलफल हुने जनाइएको छ । 

बैठकमा सदस्य राष्ट्रको शान्ति सुरक्षाका विषयमा भए गरेका गतिविधिको अनुभव आदानप्रदान र विपद् व्यवस्थापनका विषयमा समेत छलफल हुने नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

तीन वर्षदेखि वार्षिक रुपमा विमस्टेक सुरक्षा अधिकारीको बैठक हुँदै आएको छ । प्रहरी महानिरीक्षक खनाल यही चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ । नेपालसहित थाइल्याण्ड, भुटान, भारत, बङ्गलादेश, श्रीलङ्का र म्यान्मा बिमस्टेकका सदस्य राष्ट्र हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.