गाँजाबारे नयाँ बहस

गाँजाबारे नयाँ बहस

गाँजामाथि लगाइएको प्रतिबन्धलाई आज संसारका धेरै मुलुकले फुकुवा गरेका छन्। स्पेन, उरुग्वे, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, कोलम्बिया आदि देशले गाँजा प्रतिबन्ध फुकाएका छन् भने अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, इजरायललगायत देशमा यसलाई औषधिका रूपमा प्रयोग गर्न छुट छ। अन्नपूर्ण सम्मपूर्णका लागि गाँजाबारे योगी विकासानन्दले तयार पारेका लेख :


विश्वविख्यात कवि, लेखक र दार्शनिक खलिल जिब्रानका सभ्यता विकाससँग सम्बन्धित विचारहरू अत्यन्तै मननीय छन्। हामी जुन क्रम र अवस्थालाई विकास वा सभ्यता भन्दै र मान्दै आएका छौँ, उक्त विषयको प्रस्तावना र धारणामा नै जिब्रान प्रश्न गर्छन्।

आज हामी विज्ञान र प्रविधिको जगजगी भएको युगमा बाँचेका छौँ। केही वर्ष र दशकअघिसम्म असम्भव लाग्ने अवस्थालाई हामी दिनचर्याको अभिन्न अंगका रूपमा उपभोग गरिरहेका छौँ। यसरी हेर्दा हामी दिनानुदिन अँध्यारोबाट उज्यालोतर्फ गइरहेको प्रतीत हुन्छ।

बढिरहेको मानिसको औसत आयु, संसारको जुनसुकै कुनासम्म पनि क्षणभरमै सम्पर्क स्थापित गर्न सक्ने सामथ्र्य, आम मानिसको पुहँचसम्म पुगिरहेका कैयौँ सुविधालगायत हेर्दा हामी उज्यालोतर्फ गइरहेका छौँ भन्न कर लाग्छ। तर, अर्काे पाटो पनि छ।

उपभोग र सुविधाका कारण क्षय भइरहेको पर्यावरण, प्राकृतिक संसर्गबाट विमुख हुँदै गएका कारण मानव बसोबासका दृष्टिले जटिल बन्दै गएका शहरहरूलाई हेर्ने हो भने हाम्रो यात्रा उज्यालोतर्फ मात्र गएको छैन। गम्भीर संकटको दोबाटोतर्फ पनि लम्किरहेको छ। सभ्यताको यही सम्भावना र चुनौतीलाई लिएर जिब्रानले लेखेका छन्, ‘मैले अँध्यारोबाट उज्यालोतर्फ बढिरहेको जुलुस देखेको छु र मैले उज्यालोबाट अँध्यारोतर्फ गइरहेको जुलुस पनि देखेको छु।’ 

ठीक, बेठीक र फेरि ठीक

हामीले विकास वा सभ्यता सिकाइमार्फत जे–जे कुरालाई बेठीक र गलत भन्यौँ, तीमध्ये कतिपय वस्तु, पद्धति र विषय आज प्रकारान्तरमा ‘ठीक रहेछन्’ भन्ने अवस्था निर्माण हुँदै गएको छ। जुन ठीक होइन वा गलत हो भन्नका लागि कैयौँ किताब लेखिए, पाठ्यपुस्तकमार्फत बालबालिकालाई पढाइए, विभिन्न माध्यममार्फत मान्छेका कानकानसम्म पु¥याइए, आज ती विज्ञान–प्रविधिकै पछिल्ला अनुसन्धानमार्फत सही साबित हुँदै छन्।

औद्योगिक क्रान्तिपश्चात् हामीले लगभग दुई सय वर्षको समय उपभोग ग¥यौँ। औद्योगिक क्रान्तिपछि विज्ञान र प्रविधिले निर्दिष्ट गरेका मूल्य र मान्यतामा नै वर्तमान समय निर्देशित भइरहेको छ। यो दुई सय वर्षको खोज, अनुसन्धान र उपलब्धिलाई अनुसरण गरिरहँदा हामीले उक्त दुई सय वर्षभन्दा अगाडिका वा हजारौँ वर्षदेखि मानव सभ्यताले पत्ता लगाएका धेरै विषय, क्षेत्र र वस्तुलाई बेवास्ता ग¥यौँ।

कतिसम्म भने ती प्राचीनतम जीवनचर्या, सन्दर्भ, विषय र मूल्य–मान्यतालाई निषेध गर्ने एक प्रकारको होड नै चलायौँ। तर, हामीले बेवास्ता गरेका कतिपय क्षेत्र र विषय मानव हितका लागि अनिवार्य रहेछन् भन्ने तथ्यहरू उद्घाटित भइरहेका छन्। यस्ता कैयौँ अनिवार्य र लाभप्रद विषयलाई निषेध गरेर अगाडि बढ्नु उज्यालोबाट अँध्यारोतर्फ जानु नै हो। सायद आधुनिक सभ्यताले मानव सभ्यताको अनन्तकालसम्म आवश्यक कतिपय वस्तु र क्षेत्रलाई निषेध वा बेवास्ता गर्न खोज्नुलाई नै जिब्रानले ‘उज्यालोबाट अँध्यारोतर्फ गइरहेको जुलुस’ भनेर व्यंग्य गरेका होलान्। 

अँध्यारोको स्वीकारोक्ति

केही दशकअघिसम्म योग र ध्यान साधुसन्त, मठमन्दिर, गुरुकुल र केही बौद्धिकहरूको मात्र चासोको विषय थियो। यसलाई स्वास्थ्यसँग जोडेर हेर्ने आम प्रचलन थिएन। उक्त समयमा समाजको मूल प्रवाह आधुनिक विज्ञान–प्रविधिको कारखानाबाट उत्पादित औषधि र उपचार पद्धतिमा मग्न थियो। प्राचीन विद्याको रूपमा रहेको योग र ध्यान लगभग मृतप्रायः थियो। तर, असाध्य रोगले आधुनिक औषधि विज्ञानलाई नै चुनौती दिएपछि आज योग आम मानिसको सरोकार र दिकचर्या हुँदै गएको छ। आज स्वास्थ्य रक्षाका लागि आधुनिक औषधिभन्दा पनि योगलाई बढी जोड दिन थालिएको छ।  

करिब ४६ वर्षदेखि नेपाली समाजमा गाँजाले पनि यस्तै बेवास्ता र निषेध खेप्दै आएको छ। सन् १९७० को दशकमा अमेरिकालगायत राष्ट्रहरूको खास स्वार्थका कारण नेपालमा गाँजा प्रतिबन्धित भयो। गाँजालाई डरलादो लागुऔषधका रूपमा प्रचार गरियो। यो प्रचार यति जब्बर थियो कि गाँजा खानु मानिस बिग्रनुको रूपमा स्थापित भयो।

हरेक अभिभावक आफ्ना सन्तति गाँजाको लतमा फस्छन् कि भनेर बढी सतर्क भए। गाँजाविरुद्ध कैयौँ चेतनामूलक कार्यक्रम सञ्चालन गरिए। तर, त्यही विसं २०३० को दशकको आसपासबाट नेपाली समाजमा रक्सी ‘संस्कृति’का रूपमा स्थापित हुँदै गयो। खास जाति विशेषको ‘सगुन’ वा ‘खान्की’का रूपमा रहेको रक्सी आम पेय बन्न पुग्यो। आज कुनै पनि मेला, उत्सव र सांस्कृतिक अनुष्ठान रक्सीबिना अपूरो बन्दै गएका छन्। ‘सोसल ड्रिंकर’ भन्दै रक्सी पिउनुलाई सामाजिक बाध्यता वा आवश्यकताका रूपमा स्वीकारोक्ति प्रदान भइरहको छ। 

गाँजा सर्वाधिक खराब र रक्सी सामाजिक संस्कृति बन्नु पनि उही जिब्रानले भनेको उज्यालोबाट अँध्यारोतर्फ गइरहेकै अवस्था हो। रक्सीलाई स्वाभाविक र सहज मान्नु अँध्यारोकै स्वीकारोक्ति हो। 

गाँजा अन्तर्मुखी, रक्सी बहिर्मुखी

अहिलेसम्म संसारमा बलात्कार र हत्याजस्ता जघन्य अपराधका घटना हुनुका पछाडि रक्सीको महŒवपूर्ण भूमिका छ। अझ हाम्रो जस्तो मुलुकमा उच्च रहेको घरेलु हिंसाको मुख्य कारक तŒव नै रक्सी हो। यति धेरै सामाजिक अपराधको आधार बनेको रक्सी खुलमखुला छ। अझ सामाजिक संस्कृतिकै अंगका रूपमा स्थापित भइरहेको छ।

तर, आजसम्म कुनै पनि अपराध र हिंसाको कारण नबनेको गाँजा प्रतिबन्धित छ। गाँजा प्रयोगकर्ताले छोराछोरी र श्रीमती पिटेको, हत्या गरेको वा अपराध गरेको कुनै पनि समाचार पढ्न र देख्न पाइएको छैन। गाँजा खाएपछि मानिस मस्त र तृप्त हुन्छ। तृप्तिको कारण ऊ आँखा चिम्लिएर बस्छ। तृप्त मानिसले कहिल्यै पनि अपराध गर्दैन।

अतृप्ति नै अपराधको जननी हो। रक्सीले भने मानिसलाई अतृप्तितर्फ धकेल्छ। मनमा दबिएर रहेका अतृप्त वासनालाई मुखरित गरिदिन्छ। रक्सी खाएको मानिस पहिला आफूले गर्दै नगरेको काम गर्न अग्रसर हुन्छ। गाँजाले अन्तर्मुखी बनाउँछ भने रक्सीले बहिर्मुखी। 

प्रसिद्ध गायक नारायणगोपालले ‘गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला, एक्लै तिमी नआउनू म मात्तिएको बेला’ भनेर गाएका छन्। यो गीतले रक्सी खाएको मानिसको भर गर्न सकिँदैन भनेको छ। हुन पनि हो, रक्सी खाएको मान्छेको भर पर्न सकिन्न। रक्सी सेवनपछि ‘साधु’ खुंखार हत्यारा भएर निक्लन सक्छ। कम बोल्ने मानिस भाषणबाज भएर निक्लन सक्छ। मायालु श्रीमान् दुष्ट अवतारमा प्रस्तुत हुन सक्छ। 

रक्सीको अर्काे नाम मदिरा पनि हो। मद उत्पन्न गराउने भएकाले नै मदिरा भनिएको हो। रक्सीले मद अर्थात अहंकार उत्पन्न गराउँछ भने गाँजाले मस्ती उत्पन्न गराउँछ। यो समाजलाई रक्सीले जति बर्बाद कुनै पनि ‘ड्रग्स’ले पारेको छैन। तर, दण्ड–सजायको भागीदार गाँजाले बन्नुपरेको छ। 

गाँजाबारे नयाँ बहस

गाँजामाथि लगाइएको प्रतिबन्धलाई आज संसारका धेरै मुलुकले फुकुवा गरेका छन्। स्पेन, उरुग्वे, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, कोलम्बिया आदि देशले गाँजा प्रतिबन्ध फुकाएका छन् भने अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, इजरायललगायत देशमा यसलाई औषधिका रूपमा प्रयोग गर्न छुट छ। भर्खरै मात्र क्यानडाले ३० ग्रामसम्म गाँजा सार्वजनिक स्थलमा लिएर हिँड्न र  एक घरमा कम्तीमा चार वटा गाँजाका बोट रोप्न पाउने कानुनी व्यवस्था गरेको छ। यी देश गाँजाको विषयमा यत्तिकै उदार बनेका होइनन्।

गाँजालाई माया गरेर यसो गरिएको पनि होइन। गाँजाले मानव जीवन र स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका कारणले नै यसमाथिको प्रतिबन्ध हटाइएको हो। आधुनिक विज्ञानको खोजले नै गाँजाको नकारात्मकभन्दा सकारात्मक पक्ष धेरै रहेको तथ्य उजागर गरेको हो। 

गाँजामा रहेको क्यानाबिस भन्ने तŒवले मानिसलाई मस्ती र आनन्दको प्रत्याभूति गराउँछ। आनन्दका लागि आवश्यक ‘आनन्दामाइड’ भन्ने न्युरोट्रान्समिटर शरीरले उत्पदान गर्न सकेन भने गाँजाबाट परिपूर्ति गर्न सकिन्छ भन्ने विषय अगाडि आइरहेको छ। 

एकातिर गाँजाले आनन्द र मस्तीको सिर्जना गराउँछ भने अर्काेतर्फ यो औषधिका रूपमा समेत प्रयोग हुन्छ। पछिल्लो समय गाँजाको तेल क्यान्सरको प्रभावकारी औषधिका रूपमा प्रयोग गर्न थालिएको छ। जटिल प्रकारको शारीरिक दुखाइ  कम गर्न पनि गाँजा प्रयोग गर्न थालिएको छ। 

शिव, गाँजा र अध्यात्म 

हाम्रो धर्म–संस्कृतिमा गाँजाको सोझो सम्बन्ध शिवजीसँग छ। शिवलाई योग र तन्त्रका जनकका रूपमा पनि लिइन्छ। एकातिर शिवले योग र तन्त्र सिकाइरहेका छन् भने अर्काेतर्फ गाँजा पनि तानिरहेका छन्। मानिस तन्त्र र योगमार्फत परमानन्दसम्म पुग्छ। तर, यो बाटो लामो हुन्छ। लामो यात्राका कारण मानिस थाक्न सक्छ। उसलाई गन्तव्यप्रति अविश्वास जाग्न सक्छ। यसका लागि गाँजा प्रयोग गर्न सकिन्छ।

गाँजाबाट प्राप्त मस्ती र आनन्दलाई आधार बनाएर योग, ध्यान र तन्त्रमा परम आनन्द पाइन्छ भनेर साधकलाई विश्वस्त बनाउन सकिन्छ। शास्त्र र ज्ञानमार्फत साधनामा अभिप्रेरित हुन नसक्नेलाई गाँजामार्फत प्रवेश गराइन्छ। यही तथ्य र विषयलाई आधार बनाएर शिव र गाँजालाई जोडिएको हो। 

अर्काेतर्फ मानिसका सारा दुःखका कारण उसको विचार नै हो। नकारात्मक विचारले नै मानिस दुःखी बन्न अभिशप्त छ। जब मानिसले विचार गर्न छाडेर चित्तलाई एकाग्र बनाउँछ, उसलाई सुखको आभास भइहाल्छ। यो कुरा मानिसलाई ज्ञानयोगमार्फत (प्रवचनद्वारा) बुझाउन सकिन्छ। तर, कतिपय मानिस यस्ता हुन्छन्, जो भनाइ वा सुनाइबाट परिवर्तित हुँदैनन्।

यस्ता मानिसका लागि गाँजा प्रभावकारी माध्यम हो। गाँजा खाएपछि मानिस विचार गर्न छाड्छ। ऊ मस्ती अनुभूत गर्छ। त्यसपछि उसलाई तिम्रो दुःखको कारण बाहिरी संसार नभएर तिम्रो मन वा विचार हो भनेर सम्झाउन सजिलो हुन्छ। 

गाँजा प्रयोगमा मापदण्ड आवश्यक 

गाँजा आफैँमा औषधि हो। औषधि जहिले पायो, उहिले प्रयोग गरिँदैन। बिरामी भएको बेलामा मात्र प्रयोग गरिन्छ। जब आफ्नो बुझाइ अरूलाई दोष थोपर्ने बन्छ, समस्या अरूमा मात्र देख्ने दृष्टिदोष निर्माण हुन्छ, वा जीवन नबुझेको बेलामा गाँजाको प्रयोग लाभप्रद बन्न सक्छ। गाँजा अस्थायी चौतारी हो। स्थायी त योग र तन्त्र हुन्। जहाँ नपुगीकन जीवनले गन्तव्य नै हासिल गर्न सक्दैन। तत्कालका लागि ‘पेनकिलर’ त खान सकिन्छ, तर स्थायी समाधान त औषधिबाट नै हुन्छ। 

गाँजा कसरी प्रयोग गर्ने ? कति प्रयोग गर्ने ? कस्तो अवस्थामा प्रयोग गर्ने ?  कुन उमेर समूहले प्रयोग गर्ने भन्ने विषयमा राज्यले स्पष्ट कानुनी व्यवस्था गर्नुपर्छ। गाँजालाई विज्ञको सहयोग र परामर्शमा प्रयोग गर्ने प्रणाली निर्माण गर्नुपर्छ। गाँजालाई प्रतिबन्धित होइन, यसको उचित प्रबन्ध गर्नु नै मानव हित अनुकूल हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.