युरो कप छनोट : रुसमाथि बेल्जियमको जित

युरो कप छनोट : रुसमाथि बेल्जियमको जित

ब्रसेल्स : युरो कप फुटबको छनोट खेलमा बेल्जियमले सुखद सुरुआत गरेको छ । बेल्जियमले शुक्रबार बिहान खेलिएको आफ्नो पहिलो छनोट खेलमा रुसमाथि ३—१ गोलको जित हासिल गर्‍यो । युरो कपको आगामी संस्करण सन् २०२० मा आयोजना हुँदैछ ।

समूह ‘आई’ अन्तर्गतको छनोट खेलमा बेल्जियमका लागि घरेलु मैदानमा अनुभवी खेलाडी इडेन हाजार्डले दुई गोलको योगदान गरे । इङ्लिस क्लब चेल्सीबाट ब्यवसायिक फुटबल खेल्ने हाजार्डले पहिलो हाफको खेल सकिनुभन्दा ठिकअघि पेनाल्टीमार्फत गोल गर्दै खेललाई १—१ को बराबरीमा ल्याएका थिए ।

त्यसअघि खेल सुरु भएको १४औं मिनेटमा युरी टेलिम्यान्सले बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै रुसका लागि डेनिस चेरिसेभले जवाफी गोल फर्काएका थिए । बेल्जियमका लागि तेस्रो गोल भने हाजार्डले ८८औं मिनेटमा थपेका थिए ।

खेलको अन्तिम समयमा रुसका एलेक्जेन्डर ग्लोभिन दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । रुसमा सम्पन्न विश्वकपमा पनि बेल्जियम सेमिफाइनलसम्म पुगेको थियो । बेल्जियमले आगामी आइतबार साइप्रससँग युरो कपको दोस्रो छनोट खेल खेल्ने छ ।

समूह ‘आई’ अन्तर्गतकै अन्य खेलमा कजाकस्तानले घरेलु मैदानमा स्कटल्यान्डलाई ३—० गोलले पराजित गर्‍यो । साइप्रसले पनि घरेलु मैदानको फाइदा उठाउँदै तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी सन मारिनोलाई ५—० गोलले हरायो ।

पहिलो चरणको खेलको समाप्तिपछि समान तीन अंक बटुले पनि गोल अन्तरका आधारमा साइप्रस पहिलो, कजाकस्तान दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.