स्कोडा कोडियक ‘एलएन्डके’ सार्वजनिक

स्कोडा कोडियक ‘एलएन्डके’ सार्वजनिक

काठमाडौं : नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लूले भर्खरै स्कोडा कोडियकको नयाँ र सबैभन्दा माथिल्लो भेरियन्ट लरिन एन्ड क्लेमेन्ट (एलएन्डके) एडिसन सार्वजनिक गरेको छ।

स्कोडाको पहिलो फुल साइज एसयूभीका रूपमा स्कोडा कोडियक केही महिनाअघि नेपालमा आएको थियो। अहिले यसले सेग्मेन्टलाई नै लिड गरिरहेको छ। ‘एलएन्डके’ भेरियन्टमा रहेको डिजाइन र फिचरहरूले स्कोडा कोडियकलाई अझै माथि पुर्‍याउने अपेक्षा कम्पनीको छ।

कोडियकको ‘लरेन एन्ड क्लेमेन्ट’ ब्याजले स्कोडाका संस्थापकको सम्झना दिलाउँछ जो सर्वोत्कृष्ट शिल्पी, क्रान्तिकारी प्राविधिक डिजाइन र ‘पर्सनलाइजेसन’लाई प्राथमिकता दिनु हुन्थ्यो। स्कोडा कोडियक ‘एलएन्डके’ पाँच वटा कलरः ‘लाभा ब्लू’, ‘क्वार्ज ग्रे’, ‘मुन ह्वाइट’, ‘म्याजिक ब्ल्याक’ र ‘अल न्यू म्याग्नेटिक ब्राउन’मा उपलब्ध हुनेछ। नेपालमा कोडियक ‘एलएन्डके’को मूल्य एक करोड ५८ लाख रुपैयाँ तोकिएको छ।

बेजोड डिजाइन

कोडियक एल एन्ड केको एक्सटेरियर डिजाइन र फिचरहरूले तत्काल ध्यान आकृष्ट गर्छ। यसको फेसियामा विशेष खालको क्रोम ग्रिल रहेको छ र यसको स्वरूपलाई ‘आईल्यास’ जस्तो देखिने एलईडी हेडलाइट र १८ (आर) त्रिनिटी एलोई ह्विलले विशेष बनाइदिएको छ।

पछाडिको भागमा स्कोडाको टिपिकल ‘सी’ आकारको एलईडी टेललाइटमा क्रिस्टलाइन इलिमेन्ट राखिएका छन्। पछाडिको बम्परमा रहेको क्रोम ट्रिमले ‘एक्जस्ट पाइप’ र ‘डिफ्युजर’लाई छुट्याएको छ भने ‘सिल्भर रुफ रेल’ले यसको ‘प्रिमियमनेस’लाई अझ बढाइदिएको छ। ‘फ्रन्ट विंग्स’मा राखिएको ‘एलएन्डके’ ब्याज उत्कृष्ट पेन्टिङ जस्तै देखिने कम्पनीको दाबी छ।

कम्फोर्ट र कन्भेनियन्स

कोडियकको सबैभन्दा विलासी भर्सन ‘एलएन्डके’मा धेरै ‘इनोभेटिभ’ फिचर पाइन्छ जुन अरु धेरैमा पाइँदैन। बडीको विभिन्न स्थानमा राखिएका चारवटा ‘वाइड एंगल’ क्यामेरामार्फत ३६० डिग्री ‘सराउन्ड एरिया भ्यू’ देखिन्छ।

त्यसैगरी, ‘ह्यान्ड फ्री पार्किङ’ले पार्किङलाई आरामदायी बनाइदिन्छ। यसको मद्दतले ‘प्यारेलली’ वा ‘पर्पेन्डिकुलर’ पार्क गरिराखेको गाडीको भीडमा पार्किङ गर्ने उत्तम ठाउँ पत्ता लगाउन सकिन्छ जसले पार्किङमा असिस्ट पनि गर्छ।

‘सिम्प्ली क्लेभर’ फिचर

स्कोडा कोडियकमा रहेका ‘सिम्प्ली क्लेभर’ फिचरबाट स्कोडा सदा ‘मोर कार’ दिन तत्पर रहेको कुरालाई पुष्टि गर्छ। व्यावहारिक र आरामदायी साना अनि ठूला सुविधाले यात्रालाई आनन्ददायी बनाइदिन्छ।

‘डोर एज प्रोटेक्सन’ एउटा उदाहरण हो। जब कारको ढोका खोलिन्छ तब अटोमेटिकल्ली एउटा ‘प्रोटेक्सन शिल्ड’ निस्कन्छ जसले ढोकाको मेटललाई भित्ता वा अन्य कारमा डाइरेक्टली ठोकिनबाट बचाउँछ। जब ढोका बन्द गरिन्छ तब यो शिल्ड आफैंभित्र जान्छ। त्यसैगरी, अगाडि रहेको ‘प्रोएक्टिभ इलिमेन्ट’ले फ्रन्ट बम्परमा स्क्र्याच हुनबाट बचाउने कम्पनीले जानकारी दिएको छ।

कोडियक एल एन्ड के ‘सिम्प्ली क्लेभर’ ‘पावर न्याप प्याकेज’ले लामो यात्राका क्रममा पछाडिका प्यासेन्जरलाई आनन्दले सुत्न सहयोग गर्छ। यसमा टाउकोको पोजिसनलाई सपोर्ट गर्ने ‘हेड रेस्ट’ र दुईवटा ब्ल्यांकेट पनि उपलब्ध छ।

कोडियक ‘एलएन्डके’मा ‘डिजिटल भ्वाइस इन्ह्यान्समेन्ट’ फिचर छ। यो प्रविधिले ककपिटमा रहेको माइक्रोफोनको सहयोगमा अगाडि र पछाडिका यात्रीहरूबीच सहज संवाद गर्न सहयोग गर्छ।

‘पावरफुल पर्फर्मेन्स’

स्कोडा कोडियक ‘एलएन्डके’को सुन्दरतालाई यसको आकर्षक पर्फर्मेन्सले साथ दिएको छ। २.० टीडीआई (अल ह्विल ड्राइभ र अटोमेटिक) डिजेल इन्जिनले ११० किलोवाट (१५०पीएस) ऊर्जा र ३४० एनएम टर्क उत्पन्न गर्छ।

इलेक्ट्रोनिक कन्ट्रोलसहितको अल ह्विल ड्राइभ सिस्टमले ‘ट्रयाक्सन, स्टाबिलिटी र सेफ्टी’लाई बेजोड बनाइदिन्छ। यसमा इलेक्ट्रिकल्ली कन्ट्रोल हुने ‘मल्टिप्लेट क्लच’ समेत छ जसले कोडियकको अफरोड क्षमतालाई बढाइदिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.