रसको मुक्तिनाथ यात्रा

रसको मुक्तिनाथ यात्रा

काठमाडौं : टोयोटा ‘रस’ले आफ्नो क्षमता पुष्टि गरेको छ। मुलुकको जटिल सडक खण्डअन्तर्गत पर्ने बेनी–जोमसोम हुँदै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेको हो।

टोयोटा गाडीका लागि नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालि साउनदेखि बजार रस बिक्री वितरण गर्दै आएको छ। बजारमा भित्रिएको छोटो समयमै रस ग्राहकको रोजाइमा पर्न सफल भइरहेको छ। कम्पनीका अनुसार हालसम्म एक सय ५० युनिटभन्दा धेरै बिक्री भइसकेको छ।

प्रिमियम गाडी उत्पादन गर्ने जापानी कम्पनी टोयोटाले दक्षिण एसियालाई बजार तथा उच्च मध्यमवर्गीय ग्राहकका लागि इन्ट्रिलेबल स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) उत्पादन गरेको हो। कारमा प्रयोग गरिएको प्रविधि र उच्च क्षमताका कारण रसप्रति ग्राहकको आकर्षण बढेको (यूटीएस)का बिक्री तथा बजार प्रबन्धक विवेकबहादुर बलामीले बताए। रस उच्च कोटीको छ भन्ने कुरामा कम्पनी तथा ग्राहक सबै आशावादी थियौं। कारको क्षमता परीक्षण गर्न कम्पनीले एक साता लामो काठमाडौंदेखि मुस्ताङसम्मको यात्रा गरेको बलामीले बताए। यो हिमाल, पहाड, तराई र सहरी यात्रा सुहाउँदो भएको कम्पनीको दाबी छ। सहरी सडकमा गाडी चलाएका ग्राहकबाट राम्रै प्रितिक्रिया प्राप्त गरिरहेको छ। यो सहरी चिल्ला सडकमा मात्र नभएर पहाडी, हिमाली उभरखाबड सडकमा पनि सकुसल गुड्न सक्छ भन्ने पुष्टि गर्न ‘टोयोटा रस रोड सो’ आयोजना गरिएका हो।

एक साता लामो यात्रामा गाडीले पृथ्वीराजमार्गको चिल्लोबाटो हुँदै बेनी–जोमसोङको उभरखाबड र जोमसोङ–मुक्तिनानाथ हिउँले डाकिएको बाटो हुँदै जोमसोङ–दुम्बा तलासम्मको चिप्लो बाटो हुँदै यात्रा सम्पन्न गरेको छ। रसको क्षमताबारे जानकारी गराउन रोड सो महत्त्वपूर्ण भएको कम्पनीले जनाएको छ। काठमाडौंबाट सुरु भएको रसको यात्रा निर्माणाधीन कालिगण्डकी करिडोर हुँदै भुक्तिनाथसम्म पुगेको थियो। अपेक्षाकृत कच्ची बाटोमा रस पूर्ण क्षमतामा गुड्न सफल भएको थियो।

यात्रामा दर्जनौंको संख्यामा रहेका डोजरले बाटो निर्माण गरिरहेका थिए। भीर फोर्ने र माटो पुर्ने काम डोजर तल्लीन थिए। यसले यात्रालाई झनै कठिन बनाएको थियो। यो खण्डलाई मुलुककै जटिल सडक भन्ने गरिन्छ। विस्तारको कामले सडकलाई चुनैतिपूर्ण थियो। बाटोमा भेटिएका केही स्थानीय व्यक्तिले रस मुक्तिनाथसम्मको यात्रा तह नगर्ने दाबी समेत गरेका थिए। त्यस्ता दाबीका कारण पनि यात्रा सम्पन्न गर्नुपर्ने चुनौती बढेको बलामी बताउँछन्।

रस टू ह्विल ड्राइभ भएकाले पनि अफ रोडमा चल्न गुड्न सक्दैन भन्ने उनीहरूको तर्क थियो। टू ह्विल गाडीबाट अफ रोड यात्रा गर्न सकिन्न भन्ने नेपाली मान्यता छ। सामान्य टू ह्विल गाडीमा अघिल्लो चक्काको सहायताले पछिल्लो चक्का गुड्छ। रस भने ब्याक ह्विल ड्राइभ हो। ब्याक ह्विल ड्राइभ भएको गाडीले फोर ह्विल गाडीजत्तिकै क्षमतामा राख्ने कम्पनीको दाबी थियो। मुक्तिनाथसम्मको यात्रा पूरा गरेर कम्पनीले आफ्नो दाबी प्रमाणित गरेको छ।

यो कम्याक्ट एसयूभी सेग्मेन्टको गाडी भए पनि यसको ह्विल बेस अपरोडमा गुड्ने गाडीजत्तिकै अग्लो छ। यसको ह्विल बेस दुई सय २० एमएमको छ। यो नेपाली बजारमा उपलब्ध अन्य एसयूभी सेग्मेन्टको गाडीभन्दा यसको ग्राउन्ड क्लियरेन्सभन्दा अग्लो हो।

‘ग्राहकले चिल्ला सडकमा कुदाउन मात्रै कार किन्दैनन्। हिमाली, पहाडी र तराईको समथर भू–भागमा गाडी गुडाउनुपर्छ’, बलामी बताउँछन्, ‘अग्लो ग्राउन्ड क्लियरेन्स भएमा खाल्डाखुल्डीमा गाडीले जमिन छुदैन।’ यो नेपालको भूगोल सुहाउँदो कार हो।

यो सेभेन सिटर गाडी हो। यसमा चालकसहित सात जनाले यात्रा गर्न सक्छन्। अघिल्लो सिटमा चालकसहित दुई जना, बीचमा तीन जना र पछाडि दुई जना बस्न मिल्ने गरी डिजाइन गरिएको छ। सिटको संख्या बढाइए पनि ग्राहकको सुविधामा ग्राहकले असुविधाको अनुभूति गर्न पर्दैन। सिट पराकिला र आवश्यकता अनुसार फोड गर्न मिल्छ। साथै पछिल्लो सिटलाई कारमा सवार गर्ने संख्याका आधारमा प्रयोग गर्न सकिन्छ। पछिल्लो सिटमा फोल्ड गरेर राख्न सकिने सुविधा पनि छ। त्यहाँ यात्राको क्रममा आवश्यक पर्ने सामान राख्न सकिन्छ। गाडीमा सवार व्यक्तिको आरामदायी यात्राका लागि हेड रेस्ट पनि छ।

यसका अधिकतम फिचर प्रिमियम कारको जस्तै छ। यसमा स्विच टू स्टार्ट बटम, पावर डोर लक, फ्रन्ट एन रियर फग वाइपर छ।

रस चार भेरियन्टमा नेपाली बजारमा उपलब्ध छ। टोयोटा रस मिड म्यानुअल ट्रान्समिसन, टोयोटा रस हाई म्यानुअल ट्रान्समिसन, टोयोटा रस मिड अटोमेटिक ट्रान्समिसन र टोयोटा रस हाई अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ। रस मिड एमटी ६६ लाख ९० हजार रुपैयाँ, रस हाई एमटी ७१ लाख ४० हजार रुपैयाँ, रस मिड एटी ६८ लाख ५० हजार रुपैयाँ र रस हाई एटीको ७५ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

यी कारमा सिट क्वालिटी, डिजाइन, अगाडिको लुक, चक्काको चौडाइ र ट्रान्समिसनलगायत केही विशेषता फरक छन्। यसमा २एनआर–भीई, ४सिलिन्डर इन लाइन, १६भल्व, डीओएचसी, डब्लूडब्लूटी–आई इन्जिन छ। १४९६ सीसी इन्जिन क्षमता भएको कारले ७६ किलोवाटमा ६००० आरपीएम अधिकतम शक्ति र १३४ एनएमान ४२०० आरपीएम अधिकतम टर्क उत्पादन गर्छ। ४५ लिटरको फ्युल ट्यांक भएको कारले प्रतिलिटर १५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।

यसमा पेट्रोल इन्धन प्रयोग हुन्छ। ४४३५ एमएम लम्बाइ, १६९५ एमएम चौडाइ र १७०५ एमएम उचाइ भएको कारलाई मोड्न न्यूनतम ५.२० वर्गमिटर क्षेत्रफल आवश्यक पर्छ। रस सिल्भर मिका मेटालिक, ब्ल्याक मी, मरुन एमएम, ह्वाइट, रेड एमएम र ब्रन्ज मिका मेटालिक कलरमा उपलब्ध छ। गाडीलाई आकर्षक देखाउन छतमा रेलिङ राखिएको छ। गाडीको हेड ल्याम्पमा एलईडी स्मोक प्लस ब्ल्याक दिइएको छ। कुइरोमा गाडी चलाउन ल्याम्प–फग विथ क्रोम (स्मोक) बेजेल बत्ती जडान गरिएको छ।

साथै यसमा एन्टिलक ब्रेकिङ स्टिम (एबीएस) र इमर्जेन्सी सिग्नल स्टिम (ईएसएस) छ। सम्भावित दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्न ६ वटा एयर ब्याग दिएको छ। सातवटा सिट बेल्ट छ। गाडीलाई नियन्त्रण गर्न सोलिड भेहिकल स्ट्याबिलिटी कन्ट्रोल (भीएससी) प्रविधि जडान गरिएको छ। साथै उकालोमा रोक्नुपर्दा गाडीलाई पछाडि बग्नबाट रोक्न ह्विल स्टार्ट एसिस्ट (एचएसए) स्टिम दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.