गरिमा विकास बैंकको ललितपुर शाखा उद्घाटन
काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले बिहीबार कुमारीपाटी ललितपुर शाखा कार्यालयको उद्घाटन गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गरेका हुन्।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन्।विकास बैंकले छिट्टै नै पर्साको वीरगञ्ज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्दै छ ।
यो बैंकले आर्थिक वर्ष २०७५ चैत्र ६ गतेसम्म २८ अर्ब ७५ करोड निक्षेप संकलन गरी २५ अर्ब १५ करोड कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
५