लागूऔषधसहित ३ जना पक्राउ

लागूऔषधसहित ३ जना पक्राउ

बिर्तामोड : १ नम्बर प्रदेश अन्तर्गत झापा र सुनसरीबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ। झापाको भद्रपुरबाट प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको हो। भद्रपुर नगरपालिका-९ घोडामारा चिया बगानबाट सोहि स्थानका नरेन राजवंशीलाई कोरेक्स ४ बोतल, नाइट्रोजन ट्याब्लेट ६ सय ३० पिस, मोबाइल १ थान र नगद २९ हजार ६ सय ५० सहित प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ। 

राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले बताए। यस्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटिएको प्रहरीको टोलिले सुनसरीको बरहाक्षेत्र नगरपालिका-६ बसपार्कबाट लागूऔषधसहित सुरेस बिष्ट र कालुप्रसाद राईलाई पक्राउ गरेको छ।

बिहीबार दिउँसो राजाबासबाट चतरातर्फ जाँदै गरेको मे.१ प ६७९२ नम्बरको मोटरसाइकल चेक गर्दा उनीहरुको साथबाट ७ सय ६८ पिस स्पासमो प्रोक्सिवन क्याप्सुलसहित नियन्त्रणमा लिएको हो। 

बरामद मोटरसाइकल र लागूऔषधसहित दुवैजनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.