भैरहवा भन्सारका तत्कालीन अधिकृतविरुद्ध पौने दुई करोडको अकुत मुद्दा

भैरहवा भन्सारका तत्कालीन अधिकृतविरुद्ध पौने दुई करोडको अकुत मुद्दा

काठमाडौं : भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकविरुद्ध अकुत सम्पत्ति आर्जन आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीसँग पौने दुई करोड विगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विक हाल करदाता सेवा कार्यालय पाँचथर फिदिममा कर अधिकृत छन्। छोटो समयमा पद दुरुपयोग गरी गैह्र कानुनी रुपमा सम्पत्ति आर्जन गरेको तथा अस्वाभाविक उच्च जीवन यापन गरिरहेको अनुसन्धानबाट खुलेको अख्तियारका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सरकारी सेवा प्रवेश गरेका ७ वर्षमा उनले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दावी छ।  विक २०६८ असोज २२ गते मा नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा नियुक्त भएका हुन्। त्यसअघि उनी दुई वर्ष राहत कोटाका शिक्षक थिए ।

२०६६ चैत्र १० देखि२०६६ असोज २१ सम्म राहत कोटामा श्रीकृष्ण मावि रोल्पामा शिक्षकको रुपमा समेत कार्यरत थिए । सरकारी सेवा प्रवेश गरेदेखि हालसम्म विक र उनकी श्रीमती आइतमाली विकले एक करोड २७ हजार आर्जन गरेका देखिन्छ ।

सोही अवधि उनले तीन करोड १० लाख खर्च तथा लगानी गरेको पाइएको छ। अख्तियारले उनकी श्रीमती आइतमालीलाई पनि प्रतिवादी बनाएको छ। उनीविरुद्ध २ वर्ष कैद जरिवाना र गैरकानुनी सम्पति जफतको मागदाबी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.