साफ च्याम्पियनपि फाइनल : ७७ मिनेटमा भारतको तेस्रो गोल
विराटनगर : साफ महिला फुटबल च्याम्पियनसिप फाइनल खेल जारी छ। पहिलो हाफमा बराबरी खेलेको नेपालमाथि दोस्रो हाफमा भारत हाबी देखिएको छ। खेलको ६४ र ७७ औं मिनेटमा गरेर भारतले दोस्रो हाफमा दुई गोल गरेको छ।
पहिलो हाफमा भारतले लिएको अग्रतालाई नेपालले बराबरी बनाएको थियो। खेलको २४ औं मिनेटमा भारतले पहिलो गोल गरेको थियो। भारतका लागि डालीमा छिब्बरले फ्रिकिकमार्फत् पहिलो गोल गरेकी थिइन्।
नेपालले ३३ औं मिनेटमा १-१ को बराबरी गरेको थियो। ३३ औं मिनेटमा हेड गोल गर्दै सावित्रा भण्डारीले १-१ बराबरी गरेकी हुन्।
दोस्रो हाफको ६४ र ७७ औं मिनेटमा सुन्दर गोल गर्दै भारतले ३-१ को अग्रता बनाएको हो।
प्रतिक्रिया दिनुहोस !
५