तीन कार्टुनिस्ट सम्मानित

तीन कार्टुनिस्ट सम्मानित

काठमाडौं : लामो समयदेखि कार्टुन बनाइरहेका र समाजलाई योगदान पुर्‍याएका तीन कार्टुनिस्ट सम्मानित भएका छन्।

नेपाल कार्टुनिस्ट क्लबको आयोजनामा कार्टुनिस्टत्रय दुर्गा बराल, मोहनश्याम महर्जन र धिरेनकुमार दाहाललाई बराथा स्मृति सम्मान प्रदान गरिएको हो। नेपाल आर्ट काउन्सिलमा बिहीबार भएको ‘बराथा स्मृति सम्मान तथा कुचीकलम समर्पण समारोह’मा उनीहरूलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरियो।

सम्मानित व्यक्तिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले राणाकालमा गाईजात्राको दिन कार्टुन बनाउने छुट भएको स्मरण गरे। उनले हास्यव्यंग्य कलाले समाजमा महत्वपूर्ण योगदान पुर्‍याउने र कला–संस्कृतिका माध्यमबाट पनि देश समृद्ध हुने उल्लेख गरे।

कार्यक्रममा कुन्दन अर्याल, रामकुमार पाँडे, अशोकमान सिंह, नारदमणि हार्तम्छाली, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, वासुदेव विद्यादेव लुइँटेल गुठी, कामना मासिक प्रकाशनलाई ‘स्वर्ण कुचीकलम अवाड’ प्रदान गरियो।

कार्टुनिस्ट क्लबका अध्यक्ष अविन श्रेष्ठले विगतमा अग्रजले दिएको योगदानलाई सम्झना गर्न बराथा सम्मान सुरु गरेको जानकारी दिए। उनले कार्टुन संग्रहालय स्थापना गर्न नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानसँग आग्रहसमेत गरे।

गोरखापत्रका पुराना कार्टुनिस्ट बलराम थापाको नामबाट बराथा सम्मान स्थापना गरिएको हो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.