जिम्मी कार्टरको नयाँ परिचय : सबैभन्दा बढी बाँच्‍ने अमेरिकी पूर्व राष्ट्रपति

जिम्मी कार्टरको नयाँ परिचय : सबैभन्दा बढी बाँच्‍ने अमेरिकी पूर्व राष्ट्रपति

काठमाडौं : जिम्मी कार्टर अस्पतालमा जन्मिने पहिलो अमेरिकी राष्ट्रपति हुन्। शुक्रबार उनले जीवनको नयाँ कोसेढुङ्गो पार गरेका छन्। अर्थात् उनी सबैभन्दा बढी बाँच्ने अमेरिकाका पूर्व राष्ट्रपति बनेका छन्।  ९४ वर्ष र १७२ दिन पार गरेका कार्टरले दिवंगत राष्ट्रपति जर्ज एचडब्लु बुसको रेकर्ड तोड्दै बढी बाँच्ने अमेरिकी राष्ट्रपति बनेका हुन्।  

यसअघि सबैभन्दा बढी बाच्ने अमेरिकी पूर्वराष्ट्रपतिको रेकर्ड बुसको नाममा थियो। ९४ वर्ष र १७१ दिन बाँचेका उनको गत नोभेम्बर महिनामा मृत्यु भएको थियो।  

‘उहाँहरू (कार्टर र उनकी पत्नी) पैदल हिँड्नुहुन्थ्यो, र उहाँहरूले जीवनभर स्वस्थ आहरलाई पालना गर्नुभएको छ’, कार्टरद्वारा स्थापित गैरनाफामूलक संस्था कार्टर सेन्टरका प्रवक्ताले सीएनएनलाई भनेकी छन्, ‘दुबैजनाले संसारलाई राम्रो स्थान बनाउन र संसारभरका लाखौँ गरिब मानिसहरूलाई खुसी बनाउन आफ्नो प्रभावलाई उपयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ।‘

कार्टरले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पाएका थिए भने २००७, २०१६ र २०१९ मा ग्राम्मी अवार्ड जितेका छन्।

कार्टर अमेरिकाका ३९ औँ राष्ट्रपति हुन्। उनी १९७७ जनवरी २० देखि १९८१ जनवररी २० सम्म अमेरिकाका राष्ट्रपति थिए।

कार्टरले पटक पटक नेपालको पनि भ्रमण गरेका छन्। कार्टरले नेतृत्व गरेको कार्टर सेन्टरले नेपालमा पहिलो संविधानसभा चुनावको पर्यवेक्षण पनि गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.