कांग्रेस नेता सिटौला ह्याम्स अस्पतालको आईसीयूमा

कांग्रेस नेता सिटौला ह्याम्स अस्पतालको आईसीयूमा

काठमाडौं : पूर्वमन्त्री एवम् कांग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन्। सुगरको औषधि खाइरहेका सिटौला शुक्रबार बिहान नियमित चेकजाँचका लागि चक्रपथको मेट्रो अस्पताल पुगेका थिए। 

चेकजाँचका क्रममा डा. ज्योति भट्टराईले रगतमा हेमोग्लोबिनको मात्रा कम भएको र प्रेसर घटेको बताएका थिए।  चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताएपछि साँझ पाँच बजे सिटौलालाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल लगिएको कांग्रेस नेता भीमसेनदास प्रधानले जानकारी दिए। 

अहिले सिटौलाको उपचार ह्याम्स अस्पतालमा भइरहेको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए। ‘अहिले ब्लड दिने काम भइरहेको छ। एक पाउण्ड ब्लड दिनुपर्ने चिकित्सकले बताएका छन्’ सहयोगी किरणले भने, ‘अहिले स्वास्थ्य सुधारको क्रममा छ।’

३० वर्ष अघिदेखि सुगरको औषधि खाइरहेका सिटौलाको उपचारमा डा. भगवान कोइराला लगायतको टिम सक्रिय छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.