सुखद रहेन राष्ट्रिय टोलीमा मेसीको पुनरागमन

सुखद रहेन राष्ट्रिय टोलीमा  मेसीको पुनरागमन

ब्युनसआयर्स : लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका स्टार खेलाडी लियोनल मेसीका लागि अन्तर्राष्ट्रिय पुनरागमन सुदख रहेन। मेसीको नेतृत्वमा ओर्लिएको अर्जेन्टिना शनिबार विहान खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भेनेजुएलासँग ३-१ गोलले पराजित हुन पुग्यो।

खेलका क्रममा मेसी घाइते पनि भएका थिए। यद्दपि, उनको समस्या गम्भिर नभएको बताइएको छ। सन् २०१८ मा रुसमा सम्पन्न विश्वकपपछि मेसी पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका हुन्। यसबीचमा उनले ६ वटा अन्तर्राष्ट्रिय खेल खेलेनन्। यस अवधिमा पनि उनले बार्सिलोनाबाट भने निरन्तर खेलिरहेका थिए।

खेल सुरु भएको छैटौं मिनेटमै भेनेजुएलाका लागि होजे सालोमोन रोन्डनले पहिलो गोल गरेका थिए। पहिलो हाफको खेल सकिनुभन्दा एक मिनेटअघि जोन मुरिल्लोले भेनेजुएलाको अग्रता दोब्बर बनाएका थिए। ५९औं मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले जवाफी गोल फर्काएका थिए।

तर, ७६औं मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै भेनेजुएलालाई ३-१ को सजिलो जित दिलाए। खेलका क्रममा ग्रोइनको समस्या देखिएका कारण ३१ वर्षीय मेसीले आगामी मंगलबार हुने मोरक्कोविरुद्घको मैत्रीपूर्ण खेल गुमाउन सक्ने सम्भावना छ।

अर्को मैत्रीपूर्ण खेलमा उरुग्वेले उज्बेकिस्तानलाई ३-० गोलले हरायो। उरुग्वेका लागि क्रिस्टियन स्टुआनीले दुई र गास्टन पेरेरोले एक गोलको योगदान गरे। दक्षिण कोरियाले बोलिभियालाई १-० गोलले हरायो भने कोलम्बियाले पनि जापानलाई १-० गोलले पराजित ग¥यो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.