तीन करोड ५५ लाख भारतीय सहयोगमा क्याम्पस भवन निर्माण

तीन करोड ५५ लाख भारतीय सहयोगमा क्याम्पस भवन निर्माण

रामेछाप : रामेछापको बाम्तीभण्डारस्थित सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसको उद्घाटन भएको छ । भातरको अनुदानमा निर्मित क्याम्पसको आज औपचारिक रुपमा उद्घाटन भएको हो ।

सन् १९६३ मा स्थापित तथा त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसमा हाल एक हजारजना विद्यार्थी अध्ययनरत छन् । 

सन् २००६ देखि यस क्याम्पसले स्नातक तहका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पस रामेछाप जिल्लाको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित छ ।

भारत सरकारको  ३ करोड ५५ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित तीनतल्ले नयाँ भवनमा १२ वटा कक्षाकोठा छन् । संकाय, प्रधानाध्यापक, पुस्तकालय, बैठक, लेखा शाखा, प्रयोगशाला, भण्डारणका लागि एक-एक कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि शौचालय निर्माण गरिएका छन् ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने मात्र नभई रामेछाप तथा यस जिल्लासँग जोडिएका अन्य क्षेत्रका गरिब तथा सीमान्तकृत विद्यार्थीहरुको शिक्षामा पहुँचसमेत बढाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.