दाङमा दुर्घटना : एकको मृत्यु

दाङमा दुर्घटना : एकको मृत्यु

दाङ : तुलसीपुरमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। कार र मोटरसाईकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको दाङ प्रहरीले जानकारी दियाे। 

तुलसीपुर उपमहानगरपालिका वडा-२ नन्दगाउँमा तुलसीपुरबाट पश्चिम तर्फ जादै गरेको रा १ च ३४६ नं. को पिकअप जिपले विपरीत दिशातर्फ जाँदै गरेको बा ९७ प ५८६२ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दंगीशरण गाउँपालिका वडा नं.६ थपगाउँ बस्ने वर्ष १८ को गोरख चौधरीको घटना स्थलमा नै मृत्यु भएको दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए।

जीप र मोटरसाइकल नियन्त्रणमा रहेको भए पनि जीप चालक फरार रहेको हुँदा खोजतलास कार्य भइरहेको शाहले बताए। मृतक चौधरीको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङको शव गृहमा राखिएको छ। बालापुरमा शनिबार भएको दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.