सुरक्षा माग्नेको लर्को

सुरक्षा माग्नेको लर्को

ललितपुर : रोजगारीका लागि कोरिया पुगेका योगेन्द्र दामाङको  गत चैतमा उतै मृत्यु भयो।  श्रीमती ललितपुरमा बस्छिन्। श्रीमानको मृत्युपछि जेठाजु र सासुससुराले विभिन्न बहानामा दुःख दिन थाले। उनीसँग भएको सम्पति खोसेर लगे।  बारम्बार दुःख दिनथालेपछि फागुन १२ गते जिल्ला प्रशासन कार्यालयमा सुरक्षा माग गर्न पुगिन्। निवेदनमा जेठाजुले हातपात गरेको तथा परिवारका सदस्यबाट खतरा बढेको कुरा उल्लेख गरेकी छन्।

गत फागुन २२ गते बुंगमतीका बुद्धिरत्न शाक्य पनि सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय आए। एक व्यक्तिले कुटपिट  गर्न खोजेको, जथाभावी बोलेको र उनीबाट खतरा बढेको भन्दै उनले सुरक्षाको माग गरेका हुन्। 

फागुन १४ गते लगनखेलस्थित निम्स कलेजमा पठनपाठन भइरहेको समयमा एक समूह कलेजमा छिर्यो। कर्मचारीलाई अभद्र व्यवहार गर्दै, भौतिक सम्पति तोडफोड गरेपछि सुरक्षाको माग गर्दै कलेज प्रशासन सिडिओ कार्यालय पुगेको थियो।

फागुन २८ मा सानेपाका अनिल बिक पनि सुरक्षा माग गर्र्न पुगे। एक म्यानपावरका संचालकले विभिन्न बहानामा दुःख दिएको, गाली गलौज गरेको, कुटपिट गरेको भन्दै उनले सुरक्षाको माग गरेको बताए। 

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार गत साउनदेखी माघसम्म ४ सय ६८ जनाले सुरक्षा माग गरेकोे देखिन्छ। प्रमुख जिल्ला अधिकारी प्रेमेराज जोशीले सुरक्षा माग गर्न आउनेको संख्या बढ्दै गएको बताए। 

‘कोही साच्चै नै खतरामा परेर सुरक्षा माग्न आउँछन्’ जोशीले भने, ‘तर लेनदेन, जग्गा किचलो मुद्दा दर्ता हुँदैन।’

उनका अनुसार धेरैजसो सुरक्षा चाहियो भन्नेहरु लेनदेन गर्नेहरु देखिएका छन्। जग्गामा किचलो, चेक वाउन्सका विषय, मिटरब्याजीका मुद्दा अदालतमा पठाउने गरेको उनको भनाइ छ। 

स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षा गराउनुपर्ने कर्तव्य जिल्ला प्रशासन कार्यालयलाई दिएको छ। सोही अनुरुप सुरक्षा चाहिएको खण्डमा प्रहरीमार्फत् बुझन पठाउने गरेको पनि जोशीले बताए। 

 ‘खतरा विश्लेषण गछौं, मिलेसम्म दुबै पक्षलाई बोलाएर कुरा गराउँछौँ’, उनले भने।  कसैलाई व्यक्तिगत सुरक्षा दिन नसक्ने र यसका लागि विषेश निर्णय हुनुपर्ने उनको भनाइ छ। 

अधिकांश निवेदनमा मानसिक यातना दिएको, गालीगलौज गरेको, हातपात गरेको, अभद्र व्यवहार गरेको, सांघातीक हमलाको प्रयास भएको, सम्पति हडपेको, सार्वजनिक सम्पतिको दुरुपयोग भएको, पारिवारिक झगडा भएको लगायतका विषय देखिएका छन्। 

सहायक सिडिओ तथा सूचना अधिकारी खिमराज भुसालका अनुसार सुरक्षा माग्नेको लर्को केही वर्षदेखि उस्तैउस्तै देखिएको छ। 

पछिल्लो समय लेनदेनका मुद्दा धेरै देखिएका छन्। उनले भने, ‘हामी जनता र सम्पतिको सुरक्षा गर्छौ, शान्ति शुरक्षा दिन्छौँ । तर लेनदेनको मुद्दा लिदैनौँ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.