पोखरा महानगरले च्यात्यो होर्डिङ बोर्ड
पोखरा : पोखरा महानगरपालिकाले डिजिटल प्रविधि भित्रयाउने भन्दै पोखरा बजारका विभिन्न स्थानमा विज्ञापनसहित टाँगिएका फ्लेक्स च्यात्न थालेको छ। यही सातादेखि महानगरपालिकाले पोखरा बजारमा लगाइएका होर्डिङ बोर्ड हटाउन थालेको हो।
स्थानीय निर्वाचनमा स्र्माट सिटी बनाउने नाराका साथ चुनावी मैदानमा होमीएका मेयर मानबहादुर जिसीले होर्डिङ बोर्डले शहर नै कुरुप देखिएकोले डिजिटल प्रविधि भित्र्याउने बताए।
अर्कोतर्फ महानगरपालिकाका कर्मचारीले च्यातेका फ्लेक्स व्यवस्थापन नगर्दा बजार झनै फोहोर देखिएको छ। पोखराका विभिन्न स्थानमा फ्लेक्स च्यातेर जथाभावी फालीदा बजार फोहोर देखिएको हो।