आईपीएल उद्घाटन : कोहलीको कमजोर प्रदर्शन, ७० रनमै समेटियो बैंग्लोर

आईपीएल उद्घाटन : कोहलीको कमजोर प्रदर्शन, ७० रनमै समेटियो बैंग्लोर

नयाँदिल्ली : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको पहिलो खेलको पहिलो इनिङमा विराट कोहलीको टीमले कमजोर प्रदर्शन गरेको छ ।

टस जितेर फिल्ड रोजेको महेन्द्र सिंह धोनीको टीम चेन्नई सुपर किङ्सले विराटको रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ७० रनमा समेटेको छ ।

चेन्नईले १७ ओभर खेल्दा रोयल च्यालेन्जर्सको सबै विकेट झारेको हो । रोयल च्यान्जेर्सका कप्तान विराट कोहली स्वयं १२ बलमा ६ रनमै आउट भएका थिए । यस्तै डेभिड डिभिलियर्स १० बलमा जम्मा ९ रन ल्याएर आउट भए । रोयल च्यालेन्जर्सका लागि पार्थिव पटेलले ३४ बलमा सर्वाधिक २९ रन जुटाएका थिए ।

चेन्नईका लागि हरभजन सिंह एक्लैले ४ विकेट लिएका थिए । पहिलो इनिङसँगै धोनीको टीम चेन्नईका लागि जम्मा ७१ रनको लक्ष्य मिलेको छ । बलियो टीम मानिएको चेन्नईले उद्घाटन खेलमै आफ्नो प्रभाव जमाएको हो । चेन्नई आईपीएलको साविक विजेता हो ।

यसअघि २०१० र २०११ को आईपीएल समेत चेन्नईले नै हात पारेको थियो । भारतीय राष्ट्रिय टीमका पूर्व कप्तान महेन्द्र सिंह र वर्तमान टीम कप्तान विराटले नेतृत्व गरेका दुई शक्तिशाली टीमको उद्घाटन खेललाई निकै चासोका साथ हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.