पाँच वर्षमा पिल्लर मात्रै : नियमनकारी निकाय मौन

पाँच वर्षमा पिल्लर मात्रै : नियमनकारी निकाय मौन

दाङ : दाङको तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत पत्रे खोलामाथि पुल निर्माण शुरु भएको ५ वर्ष भयो। दुई वर्षभित्र सकिनुपर्ने २०७१ सालमा सम्झौता भएको थियो। तर ५ वर्षसम्म पनि दुई वटा पिल्लरमात्रै तयार भएका छन्।

चार करोड १५ लाख रुपैयाँमा २०७१ साल भदौमा निर्माण सम्झौता गरिएको पुल निर्माणमा ठेकेदारको लापरबाही यस्तो अवस्था आएको हो। पुल निर्माणमा लापरबाही हुँदा नियमन गर्ने निकाय मौन छ। शंकरमालि निर्माण सेवाले पुल निर्माणको जिम्मा पाएको छ।

निर्माण कम्पनीले ३ वर्ष लगाएर दुई वटा पुलको लागि पिल्लर उठाए पनि पुलको अन्य काम पुरा हुन सकेको छैन। पिलर बाहेर सुपर स्ट्रकचर ५ वर्षसम्ममा पनि पुरा गर्न सकेको छैन। निर्माण सम्झौता गरेर बेस लेवलको डिजाइन कार्यालयले दिएको तर माथिल्लो निर्माणको डिजाइन पुरा गरेर नदिएकाले निर्माण हुन नसकेको शंकरमाली निर्माण सेवाका प्रतिनिधि पदम शर्माले बताए। सडक डिभिजन कार्यालयमा आफूले दुई पटक डिजाइन दिए पनि स्वीकृत नहुँदा काम अघि बढन नसकेको उनले बताए।

शर्मालाई यसअघि प्रशासनले निर्माणमा ढिला सुस्ती गरेको भन्दै पक्राउ गरि काम पुरा गर्ने सर्तमा छोडेको थियो। त्यस पछि चार वर्षदेखि नबनेको घोराही–लमही सडक खण्डमा पर्ने कटुवाखोला पुल पुरा गरेका थिए। घोराहीको चार लेन सडक पनि ८० प्रतिसत बढि काम गरेका छन्। तर पत्रे खोलाको पुल निर्माणमा शर्माले चासो नदिएको डिभिजन सडक कार्यालय दाङले जनाएको छ।

कार्यालयकी साइड इन्जीयिर क्षितिज पोखरेलले पत्रे खोलामा पुल निर्माण योजनाको बेसलाइन काम पुरा भएको र सुपरस्ट्रक्चर निमार्णका लागि डिजाइन नहुँदा ढिला सुस्ती भएको बताइन्। २ वर्षमा सक्ने गरि सम्झौता भएको र त्यहि बीचमा निर्माण कम्पनीले सुपरस्ट्रक्चरको डिजाइन तयार पारेर सडकको स्वीकृतिमा काम गर्नु पर्नेमा अहिलेसम्म निर्माण कम्पनीले डिजाइन कार्यालयमा नबुझाएको बताइन। ‘एक पटक डिजाइन आएको थियो, हामीले केही संशोधन गरेर ल्याउनुहोस् भनेर दियाँै त्यसपछि डिजाइन आएको छैन’, इन्जीनियर पोख्रेलले भनिन्ण्, ‘पटक–पटक ताकेता गर्दा पनि काम हुन सकेको छैन।’

डिजाइनमा केही त्रुटि देखिएको र त्यसलाई सच्याएर निर्माण गर्नु पर्नेमा ढिला भइरहेको डिभिजन प्रमुख बद्रिप्रसाद शर्माले बताए। शर्माले जिल्लामा निर्माण सुरु भएका योजना निर्माणमा ताकेता गरिरहेको भए पनि अहिलेसम्म अधुरै रहेको बताए। जिल्लामा काम नगर्ने निर्माण व्यवसायीलाई निगरानी राखेर ८८ लाख रुपैयाँ परिवाना समेत चालु वर्षमा संकलन गरेको शर्माले जानकारी दिए।

निर्माण व्यवसायीको लापरबाहीले विकास निर्माणमा ढिला सुस्ती भइरहेको भन्दै केहि समय अघि जिल्लाका २७ निर्माण व्यवसायीलाई प्रशासनले कारबाहीको तयारी गरेपछि केही निर्माणका योजना पुरा भएका थिए। त्यसबेला अधुरो रहेको पत्रे खोला पुल अहिलेसम्म पुरा हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.