कोरिया रोजगारीका लागि ६५ हजार आवेदन
काठमाडौं : ईपीएस रोजगार प्रणालीमा करिब ६५ हजारको आवेदन परेको छ। ईपीएस कोरिया शाखाका अनुसार ११ बजेसम्म करिब ६५ हजार युवाले आवेदन भरेका हुन्। ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीका अनुसार ६४ हजार आठ सय ९८ जनाले फारम भरेका छन्।
कोरिया शाखाका अनुसार ४५ हजार एक सय ९८ जना उत्पादनमूलक क्षेत्रतर्फ र १९ हजार ६ सय ६२ जनाले कृषि क्षेत्रमा फारम भरेका छन्। फारम खुलेको सुरुकै दिन शुक्रबार ५८ हजारले फारम भरेका थिए। ईसेवाबाट सबभन्दा धेरै शुल्क बुझाएर फारम भरेका छन्।
कोरियाले यसपाली १० हजार ५० जना नेपालीलाई कोरिया लैजाने तयारी गरेको छ। कोरिया रोजगारीका लागि युवाले ईसेवा, आइएमई, ग्लोबल आईएमई बैंक, स्मार्ट बैंक, मोबाइल एप्सबाट समेत शुल्क बुझाएर अनलाइन फारम भर्न सक्छन् ।
कोरियन भाषा परीक्षाका लागि चैत्र १७ गते राति १२ बजेसम्म आवेदन दिन सकिन्छ। परीक्षा जेठ २५ र २६ मा तय भएको छ। पोखरा र काठमाडौंबाट आवेदन दिन सकिने छ।कोरियामा १२ हजार भन्दा बढीले आवेदन दिन पाउने छैनन् ।