प्रधानमन्त्रीले आज संसदमा संम्बोधन गर्दै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने भएका छन्। संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले संम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्रीले ३ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सभामुख कृष्णबहादुर महराको सचिवालयले जनाएको छ। पुस ११ गते सुरु भएको चालू हिउँदे अधिवेशन सकिएपछि बजेट अधिवेशन सुरु हुनेछ।