सडक खन्ने क्रममा चालकको मृत्यु

सडक खन्ने क्रममा चालकको मृत्यु

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिकामा सडक खन्ने क्रममा स्काभेटर चालक पतरुस श्रेष्ठको मृत्यु भएको छ । सभापोखरी-४ ख्याउरिङमा जुगल गाउँपालिका-१ सिन्धुपाल्चोक घर भएका चालक श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी डीएसपी श्याम सारुमगरले जानकारी दिए। 

सडक खन्ने क्रममा माथिबाट झरेको ढुंगाले धकेलेर स्काभेटर सडकबाट करिब ५० मिटर तल खस्दा २१ वर्षीय श्रेष्ठको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। सडक निर्माण गर्न प्रयोग गरिएको स्काभेटर सडकबाट करिब ३० मिटर तल रुखमा अड्किएको थियो। उनी स्काभेटरभन्दा २० मिटर तल खसेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.