महिलाको मामिलामा नेपाल अमेरिका र चीनभन्दा अगाडि : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकारकाे मामलामा अमेरिका र चीनभन्दा नेपाल अगाडि बताएका छन्।
चालू अधिवेशन सकिनुअघि आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महिला सहभागिताको कुरामा विकसित देशभन्दा नेपाल अगाडि रहेको बताएका हुन्।
‘हामी महिला सहभागीताको मामलामा धेरै विकसित देश भन्दा धेरै अगाडि छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘महिला अधिकारका विषयमा अमेरिका र चीनभन्दा हामी अगाडि छौँ। अब अझ सहभागीतालाई गतिलो बनाउन हामी लागेका छौँ।’
सरकारले उल्लेखनीय काम गर्दै आएको बताउँदै ओलीले भारतमा पनि ३३ किलो सुन पक्राउ परेको उल्लेख गरे। सरकारका काम देखेर भ्रष्टाचारी डराएकोसमेत उनको भनाइ छ।
लोकतन्त्रका सबै सिद्धान्तलाई सरकारले अवलम्बन गरेको दाबी गर्दै ओलीले सरकार यो विषयमा सचेत रहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !
७