ढुंगा लागेर बालिकाको मृत्यु
इलाम : बाटो खन्दा लडेको ढुंगाले लागेर आइतबार दिउँसो इलाम नगरपालिका- ८ गरीमा टोलकी १३ वर्षीया एलिसा न्यौपानेको मृत्यु भएको छ।
जेसिभिले सडक खन्ने क्रममा उछिटिएको ढुंगा लागेर सोतर (पात पतिङगर) बटुली रहेकी न्यौपानेको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका हवल्दार विजय राईले जानकारी दिए।
घटनापछि जेसिभि चालक फरार रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
७