बिदा भए प्रमुख निर्वाचन आयुक्त यादव
काठमाडौं : ६ वर्षे पदावधि सकेर प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव र आयुक्त इला शर्मा निर्वाचन आयोगबाट बिदा भएका छन्। प्रमुख आयुक्त डा. यादव र आयुक्त शर्मालाई आयोगले आइतबार एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो।
बिदाइ कार्यक्रममा आयुक्तहरू नरेन्द्र दाहाल तथा सचिव देव कुमारी गुरागाईले बिदाइ गरेका छन्। यादव र शर्मा २०६९ मा नियुक्त आयुक्तको रुपमा आयोगमा नियुक्त भएका थिए। बिदाइ कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनमा बेला निर्वाचनको वातावरण बनाउन आयोगले खेलेको भूमिकाबारे चर्चा गरे।
‘तीन तहकै निर्वाचन सम्पन्न गरेपनि निर्वाचनलाई स्वच्छ, निश्पक्ष र मर्यादित बनाउन आयोगल थुपै काम गर्न बाँकी छन्’ उनले भने। संवैधानिक हैसियतको आयोगलाई स्वायत बनाउनु पर्ने पनि उनले सुझाव दिए।