सीताको स्वास्थ्यमा सुधार

सीताको स्वास्थ्यमा सुधार

अमेरिका  : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । वंशानुगत पार्किन्सन रोगबाट ग्रसित सीताको स्वास्थ्यमा सुधार आएको दाहाल परिवारले जानकारी दिएको छ । 

सीताको गत मंगलबारदेखि अमेरिकाको जोन हप्किन्स अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना नगरिएपनि उनलाई निरन्तर परीक्षण गरिएको र चिकित्सकको सल्लाह बमोजिम नै उपचार भइरहेको जनाइएको छ। 

सीता अहिले आफैं सामान्य हिँडडुल गर्न सक्ने भएकी छन् । उनी सुगर र उच्च रक्तचापबाटसमेत ग्रसित छन् । उनलाई कहिलेसम्म उपचार जारी राख्ने भन्ने यकिन भएको छैन् । प्रचण्ड भने अबको केही दिनमा नेपाल फकर्ने कार्यक्रम छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.