८० वर्षीया वृद्धाले बल्ल पाइन् नागरिकता

८० वर्षीया वृद्धाले बल्ल पाइन् नागरिकता

बझाङ : बझाङको बित्थड चिर गाउँपालिका–५ ओसलकी ८० वर्षीया एक वृद्धाले बल्ल पहिलो पटक नागरिकता पाएकी छन् ।

प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले ओसैलस्थित खुरकुट्टीदेवी महरको घरमै पुगेर नागरिकता दिएका हुन् । शारिरिक अपांगताले अशक्त खुरकुट्टीदेवीले पहिलो पटक नागरिकता पाएकी हुन् । नागरिकता छुटेकाहरुका लागि बित्थड चिर गाउँपालिकाले देलेखमा नागरिकता शिबिर गराइरहँदा उनलाई पनि नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

आँखा नदेख्ने र बोल्न पनि नसक्ने बृद्ध खुरकुट्टी देवीलाई उनकै घरमा आएर प्रमुख जिल्ला अधिकारी सुनारले नागरिकता दिएपछि उनका आफन्तले खुसी व्यक्त गरेका छन् ।

तीन दिनदेखि सञ्चालन भएको शिविरमा सात सय जनाले नागरिकता लिएको सहायक प्रमुख अधिकारी शिवराज जोशीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.