आफ्नै पत्नीलाई बलात्कार गरेको कसुरमा ३ वर्ष जेल सजाय

आफ्नै पत्नीलाई बलात्कार गरेको कसुरमा ३ वर्ष जेल सजाय

गाईघाट : उदयपुरमा पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा यहाँको    जिल्ला अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आइतबार ४५ वर्षीय एकजनालाई कैद सजाय सुनाएको हो । ३८ वर्षीया पत्नीलाई इच्छाविपरित करणी गरेको कसुर ठहर गर्दै अदालतले यस्तो फैसला सुनाएको हो । अदालतले अभियुक्तलाई ७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ ।

मुलुकी ऐन जवरजस्ती करणीको महल ३ (६), मुलुकी अपराध ऐन २०७४ को दफा २१९ को उपदफा (४) मा व्यवस्था भए वमोजिम ३ वर्ष कैद सुनाइएको उनले बताए । ऐनमा यस्तो प्रकृतिको मुद्दामा ५ वर्षसम्म कैद गर्ने व्यवस्था छ ।

शारिरीक अवस्था कमजोर रहँदा समेत ०७५ साउन २१ गते कसुरदारले इच्छाविपरित वलजफ्ती पटक–पटक करणी गरेको र ७ वर्षीया छोरीलाई समेत साउन २१ गते यौन दुव्र्यवहार गरेको भन्दै अभियुक्तकी श्रीमतीले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

पीडितले निवेदन दिएको भोलिपल्ट भदौ ५ गते पक्राउ परेका कसुरदारलाई अदालतले भदौ ३१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । निवेदनसँगै कानुनी प्रक्रियाका लागि प्रहरीले प्रमाण जुटाउन आमा र छोरी दुबैलाई भदौ ५ गते जिल्ला अस्पतलामा स्वास्थ्य जाँच गराएको थियो ।

नयाँ संविधानले वैवाहिक बलात्कार भएमा ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेपछि अदालतले पहिलोपटक यस्तो फैसला सुनाएको हो । अदालतमा वैवाहिक बलात्कार सम्बन्धी हालसम्म दुई वटा मुद्दा दर्ता भइ प्रक्रियामा छन् ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.