दूरसञ्चारका कर्मचारी मृत फेला

दूरसञ्चारका कर्मचारी मृत फेला

विराटनगर : दूरसञ्चार कार्यालय विराटनगरका एक कर्मचारी मृत फेला परेका छन्। मोरङको कानेपोखरी गाउँपालिका–५ राधाकृष्ण टोलस्थित महाराजथान पैनीमा सोमबार उनी मृत्त फेला परेका हुन्।

विराटनगर महानगरपालिका–५ जामुनगाछी घर भएका ४२ वर्षीय प्रलाद कोइराला मृत्त फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए। कोइराला दूरसञ्चारका लाइनमेन हुन्।

बजगाईका अनुसार पानी बगिरहेको पैनीमा डुबेर मृत्यु भएको अवस्थामा कोइरालाको शव फेला परेको हो।

पैनीमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार कानेपोखरी–५ बाट आइतबार साँझ विराटनगरस्थित घरतर्फ फर्किएका कोइरालाको शव सोमबार भेटिएको हो। घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

अत्यधिक मादक पदार्थ सेवन गरेका कारण पैनीमा लडेपछि उठ्न नसकेर त्यहीं मृत्यु भएको हुन सक्ने प्रहरी अनुमान छ। शवको कोसी अञ्चल अस्पताल विराटनगरमा पोस्टमार्टम गरिएको छ।

त्यस्तै विराटनगर–११ पंचमुखी चौक बस्ने ८१ वर्षीय कान्छी सिजली मगरको आफ्नै घर अगाडि रहेको नालीमा लडेर मृत्यु भएको छ। डिलमा बसिरहेको अवस्थामा नालीमा लडेर घाइते भएकी वृद्धाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.