भोजपुरमा पनि विप्लव समुहका कार्यकर्ता पक्राउ
भोजपुर : नेत्रविक्रम चन्द विप्लव समुहका तीनजना कार्यकर्तालाई भोजपुरका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
विप्लव समुहका टेम्केमैयङ गाउँपालिका–४, नागीका सञ्जय राई, पौवादुङमा गाउँपालिका–३, च्याङ्ग्रेका विकास राई र साल्पासिलिछो गाउँपालिका–१ कुलुङका महेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार उनीहरु सोमबार भोजपुर सदरमुकामबाटै पक्राउ परेका हुन् । सोमबार नै सञ्जय राई र विकास राईलाई जिल्ला प्रशासन कार्यालय भोजपुरमार्फत म्याद थप गरी अुनसन्धान सुरु गरिएको डिएसपी केशवकुमार थेबेले बताए ।
यस्तै साल्पासिलिछो गाउँपालिकाको कुलुङबाट पक्राउ परेका महेन्द्र तामाङलाई भने सदरमुकाम ल्याउने तयारी भएको डिएसपी थेबेले जनाए । पक्राउ पर्ने सञ्जय राई र महेन्द्र तामाङ विप्लव नेतृत्वको नेकपा जिल्ला कमिटी सदस्य हुन् भने विकास राई विद्यार्थी संगठनको जिल्ला अध्यक्ष रहेको बताइएको छ ।