चैतभित्र विप्लवका गतिविधि नियन्त्रणमा : प्रधानमन्त्री

चैतभित्र विप्लवका गतिविधि नियन्त्रणमा : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधि चैतभित्रै नियन्त्रणमा लिने बताएका छन्। पार्टी संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले हिंसात्मक गतिविधिमा सरकार चुप लागेर बस्न नसक्ने भन्दै चैतभित्रै नियन्त्रणमा लिने दाबी गरेका हुन्।

‘चैतभित्र विप्लव समूहको अतिवादी विध्वंसात्मक क्रियाकलाप नियन्त्रण गरिसक्छौं,’ प्रधानमन्त्रीले भने, ‘विकास निर्माण र लोकतन्त्रमा अवरोध गर्ने, समाजवादउन्मुख हाम्रा प्रयासलाई अवरोध गर्ने, कम्युनिस्ट पार्टीको सरकारलाई असफल पार्ने अनि हँसियाहथौडाकै झन्डा लिने, नाम कम्युनिस्ट पार्टीकै राख्नेहरूलाई नियन्त्रणमा लिन्छौं।’

सरकारले गत फागुन २८ गते विप्लवका गतिविधि नियन्त्रणमा लिने गरेको थियो। त्यसयता उसका नेताकार्यकर्तामाथि सरकारले कडा निगरानी राख्ने, धरपकड गर्ने र नियन्त्रणमा लिने काम गरिरहेको छ।

प्रधानमन्त्री ओलीले विप्लव समूहलाई सकभर सहज रूपमा राजनीतिको मूलधारमा ल्याउन प्रयास गर्ने त्यसो गर्दा पनि नमाने नियन्त्रणमा लिने बताए। ‘हामी सहिष्णु र उदार व्यवहार गर्ने तर उनीहरू नेताहरूलाई हत्याको सूचीमा राखेर मार्न खटाउने, नामका अगाडि ‘क’ फलानो भनेर राख्ने, फलानो नेता मार्न ‘क’ फलानो खटाउने कुरामा चुप लाग्न सकिँदैन,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्रीले विप्लवको पार्टीलाई नक्कली समूह भन्दै नक्कलीलाई अन्त्य गरेरै छोड्ने दाबी गरे। ‘नक्कली कुरालाई अन्त्य गर्छौं। त्यसलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउँछौं,’ प्रधानमन्त्रीले भने।

संसद्को हिँउँदे अधिवेशन सकेपछि सांसदहरूलाई जिल्ला, निर्वाचन क्षेत्र जान र सरकारका कामको प्रचार गर्न निर्देशन दिने उद्देश्यले नेकपाले सोमबार संसदीय दलको बैठक राखेको थियो। प्रधानमन्त्रीले सरकारले ‘महान्’ र प्रभावकारी काम गरेको भन्दै नेपालमा नेकपासँग कुनै पनि पार्टीलाई तुलना गर्ने नसकिने दाबी गरे।

‘राजनीतिक, वैचारिक, आर्थिक र अन्य नीतिमा हामी (नेकपा) सँग कसैको तुलना हुँदैन,’ प्रधानमन्त्रीले भने, ‘अरूले हाम्रा साना कमजोरी उठाउँछन्। हामीले सही कुरा लैजानुपर्छ। त्यस्ता कमजोरीलाई महान् कामले छोप्छ।’ सरकारले कुनै बदनियतपूर्ण काम नगरेको दाबी प्रधानमन्त्रीले गरे। प्रतिपक्षीले कतिपय सानातिना कुरालाई एजेन्डा बनाएर आन्दोलनको विषय बनाउन खोजे पनि त्यो कुण्ठाको अभिव्यक्ति मात्र भएको प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले सीके राउतलाई राजनीतिको मूलधारमा ल्याउनु सरकारको ठूलो सफलता भएको तर्क गरे। ‘राजनीतिक हिसाबले पृथकतावाद अन्त्य भएको छ। ठूलो उपलब्धि हासिल भएको छ। यो अन्त्य हुनु राष्टको ठूलो सफलता र जित हो,’ प्रधानमन्त्री ओलीले भने।

ओलीले पार्टी सांसद, जनप्रतिनिधि र संगठनलाई समाजवाद उन्मुख अभियान चलाउन निर्देशन दिए।

संसद्को हिउँदे अधिवेशन अन्त्य भएको र संसद् नचलेको अवस्थामा ओलीले पार्टी सांसदहरूलाई जिल्ला र निर्वाचन क्षेत्रमा जनताबीच जान निर्देशन दिए।

नेकपा अध्यक्षसमेत रेहका ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्केलगत्तै पार्टी एकता प्रक्रिया टुंगिने बताए। तर यस विषयलाई नउचाल्न ओलीले विपक्षीलाई चेतावनी दिए। उनले भने, ‘एकतामा विलम्ब भएको हो तर यो विपक्षीका निम्ति हाम्रो आलोचना र उचाल्ने विषय बन्नुपर्ने होइन। यो हामीलाई पोल्नुपर्ने मामिला हो, हामीलाई पोलेको छ। हामी नै समाधान गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.