सफलताको एक मात्र सूत्र ध्यान

सफलताको एक मात्र सूत्र ध्यान

आजका मानिस सबैले चाहने कुरा हो सफलता र खुसी। पहिलेका मानिसहरू सहज रूपमा जीवन बाँच्थे। त्यसैले खुसी र सफलता पछिपछि आएको अनुभव गर्दथे। अहिले हरेक व्यक्तिले भन्ने गर्दछ– जिउनुको अर्थ, कर्म गर्नुको अर्थ सफल हुनु, सम्पन्न हुनु र खुसी हुनु हो। यसका लागि मानिसले अनेक कठिन परि श्रम गर्छ तर एकदमै सरल र नगरी नहुने ध्यान भने गर्दैन।

मानिस किन असफल महसुस गर्दछ ? किन अपूर्णता महसुस गर्दछ ? किन दुःखी ठान्छ आफूलाई ? कारण हो– ऊ ध्यान गर्दैन र आवश्यकभन्दा व्यर्थताका कर्महरू र सम्बन्ध र विचारमा अल्झेको छ। केही प्रतिशत व्यक्तिहरू थोरै सचेत हुन थालेका छन् तर तिनीहरू ध्यान शब्दभन्दा आकर्षणको नियम, भावनात्मक बुद्धि जस्ता शब्द रुचाउँछन्। तात्विक अर्थ उस्तै राख्छन् यी शब्दहरू र प्रयोगले पनि तर बुद्धको तपोभूमिमा जन्मेका हामीले ध्यानलाई जीवनमा प्रयोग गर्न जानेनौं भने अझै अरू दुःख र अपूर्णता नभोगीकन सुखै छैन।

ध्यान गर्न समय नमिल्ने आजका बेफुर्सदी मानिसले भविष्यका लागि अस्पताल शय्याको लागि समय दिनुप¥यो भनेचाहिँ ज्यादै नमज्जा हुनेछ। नाम र दाम, बाहिरी इज्जत र प्रतिष्ठा, पद सम्मान सबै अरूको भन्दा बढी चाहिने होडबाजी नै मानिसका समस्या र दुर्भावना बनेका छन्। प्रत्येक व्यक्तिको जीवनशैलीमा सकारात्मक रूपान्तरण नआउँदासम्म न त मानिसहरू खुसी, उल्लासमय र सफल बन्छन् न त राष्ट्रमा नै समृद्धि आउँछ।

ओशो बताउनुहुन्छ– ध्यान पर्दा हटाउने कला हो। यो पर्दाबाहिर छैन, तिमीभित्र छ। विचारले बुनिएका तिम्रा पर्दाभित्र छन्। राम्रा–नराम्रा सबै विचार मिलेर यो पर्दा बुनिएको छ। जब तिमी विचारभन्दा पर एकाग्र चित्तमा र निर्विचार अवस्थामा पुग्छौ, त्यही ध्यान हो। संसार छ, तिमी छौ र पनि बीचमा विचारको पर्दा नहुने अवस्था ध्यान हो।

जे दृश्य तिमी देख्छौ र पनि विचारले त्यसलाई अर्थ लगाउने मौका पाउँदैन, जे छ त्यसमै तिमी मग्न र मौन हुन्छौ, त्यही अवस्था ध्यान हो तर यो चाहना र प्रयत्नले हुँदैन। जब मन निर्विचार, शून्य, परमको अवस्थामा पुग्छ, स्वतः ध्यान फलित हुन्छ। बुद्ध भन्नुहुन्छ– श्वासको माला जप, आउँदै जाँदै गरेको श्वासलाई हेर, जे अनुभूति हुन्छ, त्यही ध्यान हो।

बाहिर रुद्राक्षको माला जपेर हुनेवाला केही छैन। श्वासको माला जप, असली माला त्यही हो। सधैं निर्विचार अवस्थामा रहने कला सिक्नु र भित्रबाट जाग्नु ध्यान हो। भगवान् कृष्ण ध्यानलाई ‘स्वधर्मको संज्ञा दिनुहुन्छ, अर्थात् आफ्नो स्वभावमा जिउनु नै ध्यान हो।

उहाँ भन्नुहुन्छ– हे अर्जुन, स्वधर्ममा मर्नु परधर्ममा जिउनुभन्दा धेरै श्रेयस्कर छ। अर्जुनको व्यक्तित्व निपट क्षेत्रीय प्रकृतिको थियो, जसको आधार हुन्छ बल, शक्ति, साहस, वीरता एवं निर्भय। त्यतातिर संकेत गर्दै भगवान् अर्जुनलाई क्षत्रीय धर्ममा प्रतिष्ठित रहन सल्लाह दिनुहुन्छ। आखिर उहाँको यही संकेत नै सफलताको राज बनेको थियो। योगसूत्रमा उल्लेख छ– जेमा चित्त लगायो, त्यसमा जागृत रहनु ध्यान हो।

एकाग्र हुनु मात्र ध्यान होइन। ध्यान कुनै क्रिया पनि होइन। विचारका कोलाहलबाट वि श्रान्ति लिएर शुद्ध र निर्मल मनको अनुभूतिमा जानु ध्यान हो। इन्द्रियहरू मनसँग, मन बुद्धिसँग र बुद्धि आफ्नो स्वरूप आत्मामा समाहित भएको अवस्था ध्यान हो। जब हामी शरीरको, मनको एवं भावको तलबाट केही पनि गरिरहेका हुँदैनौं र केवल जागृति शेष रहन्छ, त्यो अवस्थालाई ध्यान भनिन्छ।

दैनिक जीवनको भागदौडले हाम्रो चित्त बहिर्मुखी भएर हामी आफ्नो स्वकेन्द्रबाट धेरै टाढा पुग्छौं। मनमा उठ्ने कामना, वासना र विचारले चित्तलाई आन्दोलित र विस्तारै अशान्त बनाउँछ। ध्यानले हामीलाई स्वकेन्द्रमा फर्काई मन र हृदयलाई स्थायी रूपमा शान्त र सहज बनाउँछ। ध्यान हाम्रो सहज आन्तरिक स्थिति हो, जहाँ शरीर, मन र हृदय एक गहन वि श्रामपूर्ण, सरल र स्वाभाविक अवस्थामा रहन्छन्। ध्यानस्थ अवस्थामा हामी आफैंभित्र लुकेको अनन्त शान्ति, ज्ञान, सत्य, प्रेम, सम्पन्नता, सौन्दर्य र रहस्यमा डुब्ने र एकाकार भई स्वस्थ, सफल र मस्त जीवन जिउने सूत्र प्राप्त गर्दछौं।

हामी किन खुसी हुन सक्दैनौं ? कर्ममा सफलता किन प्राप्त हुँदैन ? राष्ट्रमा समृद्धि किन आएन ? किनकि जे ग¥यौं त्यसमा ध्यान पुगेन, होसपूर्ण भइएन र जागरणमा रहेनौं। हिजोआजका हामी ध्यान भन्नासाथ नबुझीकनै पन्छिन खोज्छौं र ध्यान भनेको बुढेसकालको मेलो या त फुर्सद हुनेले गर्ने हो भन्ने अर्थ लगाउँछौं। उच्चस्थ पदका व्यक्तिले त ध्यानको बारेमा सोच्नै फुर्सद पाएका हुँदैनन्।

केही प्रतिशत व्यक्तिहरूचाहिँ ध्यान के हो भन्ने प्रश्नमै अल्झेर प्रश्न र तर्कमै समय बिताइरहेका हुन्छन्। विद्यार्थीदेखि लिएर सबै व्यक्तिमा ध्यानको अभ्यास जरुरी छ किनकि ध्यान भएन भने बेहोसीमा पुगिन्छ, काम राम्रो हुँदैन। जाने–बुझेकालाई सीधा शब्दमा भन्नुपर्दा ध्यान हो– निष्क्रिय जागरुकता। ध्यानको अभ्यास गरेर त्यसलाई अनुभूतिमा ढाल्न सजिलो छ तर शब्दमा व्याख्या गर्न कठिन।

प्रत्येक व्यक्तिको जीवन पूर्णतासाथ जिउन आवश्यक पर्ने जीवन पद्धति र पूर्ण जीवनशैली अनि आनन्दित जीवन जिउने कला नै ध्यान हो। ध्यान हो विचारभन्दा पर जानु र स्वकेन्द्रमा प्रतिष्ठित हुनु। भगवान् बुद्ध यसलाई ‘शून्यता’ भन्नुहुन्छ भने उपनिषद्का ऋषिहरू ‘निसर्ग’ भन्छन्। आफ्नो केन्द्रमा नफर्की जीवनमा शान्ति, आनन्द, प्रेम र करुणाजस्ता गरिमावानअवस्थाको उपलब्धि हुन सक्दैन। आफूतिर नफर्कने व्यक्तिको कसैसँग पनि सम्बन्ध राम्रो हुन सक्दैन किनभने ऊ सम्बन्धको जालोमा अल्झिन थाल्छ। लोभ, मोह, ईष्र्या उसका सहचर हुन पुग्छन्। आफूतिर फर्कनेबित्तिकै नैसर्गिक प्रकृतिको बोध हुन जान्छ। जसरी वि श्रामबाट श्रम गर्ने शक्ति, ऊर्जा एवं सामथ्र्य प्राप्त हुन्छ त्यसैगरी स्वकेन्द्रमा फर्किएर नै संसारमा फैलिने रहस्य हामी बुझ्न सक्छौं। आफैंभित्र लुकेको छ सारा शान्ति, आनन्द, स्वास्थ्य एवं सफलताको राज।

ध्यानको गहिराइमा अचानक हाम्रो भित्री आँखाले देख्छ, त्यो रहस्य जुन स्वास्थ्य, सफलता एवं शान्तिको कुँजी हो। जीवनमा आत्मविकास चाहने हो भने आफैंतिर फर्किनुको विकल्प छैन। संसारतिर फैलने प्रयोग त जीवनभर गर्दै आएका छौं, अब समय आएको छ आफैंतिर, जीवनको स्रोततिर, स्वकेन्द्रतिर फर्किने। ध्यान मनुष्यको आन्तरिक शान्ति, खुसीयाली र आनन्दको प्राचीनतम तथा आधुनिकतम विज्ञान हो। यो कुनै धर्म, जाति या सम्प्रदायसँग सम्बन्धित छैन। पृथ्वीमा कुनै धर्म वा सम्प्रदाय प्रारम्भ हुनुअघिदेखि नै ध्यान थियो। जुनसुकै धर्मका शिक्षक, गुरु या सिद्ध पुरुषहरूको ज्ञानको स्रोत पनि ध्यान नै हो।

ध्यानले व्यक्तिगत, पारिवारिक र कर्म जीवनमा हामीलाई सहयोग पु¥याउँछ। एउटा ध्यानी व्यक्ति प्रेमले भरिपूर्ण, आफ्नो कर्मप्रति निष्ठावान् र व्यवहार कुशल पनि हुन्छ। त्यसकारणले ध्यान गर्न केही त्याग्नु पर्दैन। ध्यानले मानिसको व्यक्तित्वलाई निखार्छ र कर्ममा कुशलता ल्याउँछ। यसले पारिवारिक सम्बन्ध अझ सुमधुर बनाउँछ। ध्यान साधन मात्र नभई आफैंमा साध्य अवस्था हो।

ध्यान मार्ग हो र गन्तव्य पनि हो। जीवनको सम्भावनालाई उजागर गरेर आफ्नो गरिमामा प्रतिष्ठित हुनु हो। संक्षिप्तमा ध्यानको उपलब्धि ध्यान नै हो र पनि यसको उपलब्धि भनेको शारीरिक, मानसिक र आध्यात्मिक सबै स्तरबाट व्यक्तिलाई स्वस्थ बनाउनु हो। ध्यान गर्ने व्यक्तिमा उच्च रक्तचाप नियन्त्रण हुन्छ र गहन वि श्रामको अनुभव हुन्छ। ऊर्जा एवं शक्तिमा वृद्धि हुन्छ। व्यक्ति सधैं सक्रियताको अनुभूति गर्छ र उसको आयु पनि वृद्धि हुन्छ।

हृदय रोग, पेट एवं शिरको रोगको जोखिमबाट बच्न सकिन्छ। ध्यान गर्ने व्यक्तिको श्वास–प्रश्वासमा सहजता आउँछ र शरीरको वजनमा नियन्त्रण हुन्छ। सोच, विचारमा सकारात्मकता, प्रभावकारी एवं सन्तुलित व्यक्तित्वको निर्माणमा सघाउ पुग्छ। आत्मविश्वास, उत्साह, आँट एवं जाँगरमा अभिवृद्धि ल्याउने माध्यम नै ध्यान हो। विचारमाथि नियन्त्रण गर्न सक्ने, सिक्ने क्षमता, स्मरणशक्ति एवं एकाग्रतामा अभिवृद्धि गर्न ध्यानले नै सघाउँछ। ध्यान गर्ने व्यक्तिको निर्णय एवं संकल्प क्षमताको विकास हुन्छ र उसको चरित्रमा पवित्रता झल्किन्छ।

ध्यानस्थ व्यक्ति नकारात्मक आदत एवं कुलतबाट मुक्ति पाउँछ र अनिद्राबाट पनि। सम्बन्धमा मधुरता, नेतृत्व क्षमता, कार्यसम्पादन क्षमता ध्यानस्थ व्यक्तिका लक्षण हुन्। ध्यान गर्ने व्यक्ति पारिवारिक जिम्मेवारीपन, सामाजिक दायित्व एवं राष्ट्र विकासबाट पन्छिन सक्दैन। त्यसैले त उसका हरेक कार्यमा कुशलता एवं सन्तुष्टि हात लाग्छ। ध्यान गर्ने व्यक्ति मनोरोग जस्तै– चञ्चलता, तनाव, भय, चिन्ता एवं अवसादबाट मुक्ति पाउँछ। जीवनमा सार्थकताको अनुभव गर्दछ। आफ्नो उद्देश्य र स्वयथार्थको ज्ञानको बोध हुन्छ। शरीर, मन र चेतनामा सामञ्जस्य ल्याउन सक्छ।

विगतको शोक र भविष्यको चिन्ताबाट मुक्त भई वर्तमानमा क्षणक्षण जिउने क्षमता प्राप्त गर्दछ। ध्यानस्थ व्यक्तिमा दिव्य प्रेमको उदय हुन्छ। ऊ सधैं साक्षी एवं बोधमा प्रतिष्ठित भएर बाँच्न सक्छ। आत्मज्ञान प्राप्ति एवं परामात्मामय जीवनमा प्रवेश गर्न सक्छ। जीवनको समग्र स्वीकार एवं तथातामा जिउन मद्दत पुग्दछ।

ध्यानले प्रत्येकको व्यक्तित्व सन्तुलित बनाउनुका साथै जीवनलाई सहजताका साथ जिउन प्रेरित गर्दछ। आत्मविश्वास, ऊर्जा र उमंगमा अभिवृद्धि पनि ध्यानका सहज परिणाम भएकाले सही ध्यानले व्यक्ति अझ बढी मिलनसार, व्यवहार कुशल र कर्तव्यपरायण हुन्छ। ध्यान गर्ने व्यक्तिको जीवनमा आउने सर्वाधिक ठूलो चुनौती अनियन्त्रित विचारको शृंखला र नकारात्मक भाव हो।

ध्यान भनेकै चित्तमा उठ्ने विचार र हृदयका भावलाई जागृत भई विनाकुनै तादात्म्य या निर्णय साक्षीपूर्वक हेर्ने कला हो। अन्नतोगत्वा, ध्यानी व्यक्तिले आफूलाई सम्पूर्ण विचार एवं भावनाबाट पृथक् द्रष्टा एवं बोधका रूपमा अनुभव गर्छ। त्यसकारण, चित्तका हरेक तरंगलाई साक्षीपूर्वक हेर्नु नै पूर्ण समाधान हो। त्यसो त ध्यान आफैंभित्रको दिव्यतामा सीधा छलांग हो तथापि ध्यानको क्रममा आउने केही महत्र्वपूर्ण कोसेढुंगा हुन्– पहिलो– द्रष्टाभाव, दोस्रो– साक्षित्व, तेस्रो– बोध। बोधको गहनतामा प्रवेश गरेपछि व्यक्तिले जुनसुकै कर्ममा सफलता हात पर्छ त्यो पनि खुसीका साथ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.