मेलम्ची अनियमिततामा छानबिन माग गर्दै अख्तियारमा उजुरी
काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार तथा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। नेपाल विवेकशील दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मंगलबार अख्त्यिारमा उजुरी दर्ता गराएको हो।
दर्शनासहितको टोलीले मंगलबार अख्तियार दुरुपयोग आयोगको केन्द्रीय कार्यालय टंगालमा पुगी अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालालाई उजुरी बुझाएको हो।
उजुरीमा मेलम्ची आयोजनामा भएको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
प्रवक्ता कोइरालाले उजुरी परेपछि त्यसबारे अनुसन्धान गर्नु अख्तियारको काम भएकाले मेलम्ची अयोजनामा भएको भ्रष्टाचार, अनियमिताबारे अनुसन्धान अघि बढाइने बताए ।