१३ वर्षे विद्यार्थीबाट गर्भवती बनेकी थिइन् शिक्षिका, जसलाई सुनाइयाे १० वर्ष कैद

१३ वर्षे विद्यार्थीबाट गर्भवती बनेकी थिइन् शिक्षिका, जसलाई सुनाइयाे १० वर्ष कैद

वासिङ्टन : अमेरिकामा गत वर्ष एक शिक्षिकामाथि १३ वर्षीय स्कुले बालकसँग यौन सम्बन्ध राखेको आरोपमा मुद्दा चलेको थियो ।

उनै शिक्षिका अलेक्जेन्ड्रा बेरालाई अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । ह्युस्टनस्थित एक माध्यमिक स्कुलमा अंग्रेजी पढाउने ती शिक्षिका २४ वर्षको उमेरमा स्कुले बालकबाट गर्भवती नै बनेको समाचार अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

मिडियाले जनाए अनुसार ती शिक्षिकाले आफ्नो ‘भाइ’ भन्दै ती बालकलाई घरमै पढ्न बोलाउँथिन् । सोही क्रममा उनीहरुबीच प्रेम सम्बन्ध फैलिएपछि अलेक्जेन्ड्राले गर्भाधारण नै गरेकी थिइन् ।

ती शिक्षिकालाई अभियोग लागेपछि मुद्दा अदालतमा थियो । हालै उनको विषयमा अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । उक्त घटना सार्वजनिक भएपछि नै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

अभियुक्त शिक्षिकाले भने उनीहरु पाँच महिनासम्म सम्बन्धमा रहेको वयान दिएकी थिइन् । अमेरिकामा ‘टिनेजर’को साथ यौन सम्बन्ध बनाउनु गम्भीर अपराध मानिन्छ । यदी त्यसो गरेमा १० देखि १५ वर्षको जेलसजायको व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.