पशु विकास अधिकृत र पशु चिकित्सक घुससहित पक्राउ
काठमाडौं : धनुषाको राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला जनकपुरधाममा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डाराम गुलाम यादव र पशु प्रा. जागेश्वर चौधरी घुससहित समातिएका छन्।
सम्पन्न भइसकेको कामको भुक्तानी आदेशबापत् विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।
४० हजार लिइसकेको अवस्थामा उनीहरूलाई जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका ४, विसाहाराबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ।