लगानी सम्मेलन : यातायातका तीन परियोजना

लगानी सम्मेलन : यातायातका तीन परियोजना

काठमाडौं : लगानी सम्मेलनमा सार्वजनिक यातायात क्षेत्रमा पनि लगानी आह्वान गरिने भएको छ । सम्मेलनमा सरकारले प्रस्तुत गर्ने ५० वटा परियोजनामध्ये तीनवटा यातायातसँग सम्बन्धित छन् ।

लगानी बोर्डले काठमाडौंको चक्रपथ, नवलपरासीको रामग्रामदेखि कपिलवस्तुको तिलौराकोट र सुदूरपश्चिम प्रदेशका सडकमा सार्वजनिक यातायात सञ्चालनसम्बन्धी प्रस्ताव गर्न लागेको छ ।

काठमाडौंको चक्रपथमा बस र्यापिट ट्रान्जिट, रामग्राम–तिलौराकोट र्यापिट पब्लिक ट्रान्सपोर्ट र सुदूरपश्चिमा इन्टरस्टेट एन्ड इन्ट्रास्टेट पब्लिक यातायात सञ्चालन गर्न प्रस्ताव गर्ने तयारी छ ।

चक्रपथ र रामग्राम–तिलौराकोटमा सार्वजनिक यातायात बिल्ड अपरेट ट्रान्सफर (बीओटी) मोडलमा र सुदूरश्चिममा सरकारी–निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न लागिएको हो । सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन यस क्षेत्रमा पनि लगानी आह्वान गर्न लागिएको बोर्डले जानकारी दिएको छ ।

चक्रपथको २७.३ किलोमिटर सडकमा ७५ वटासम्म बस सञ्चालन गर्ने गरी प्रस्ताव माग गरिनेछ । बस सञ्चालन गर्ने कम्पनीका लागि सरकारले साढे ७ देखि ८ मिटरका दुई डेडिकेटेड लेन उपलब्ध गराउनेछ । यो खण्डमा २६ देखि ३० स्टेसन हुन्छन् । ३० चार्जिङ स्टेसन आवश्यक पर्छ । यो परियोजना बीओटी मोडलमा निर्माण गर्न प्रस्ताव गर्न लागिएको हो । परियोजनामा लगानी गर्ने कम्पनीका लागि राइट अफ वे, टर्मिनल, परियोजनालाई सहुलियत तथा सुरक्षा प्रदान गर्ने गरी प्रस्ताव गरिनेछ ।

लगानीकर्ताले परियोजनाको योजना, डिजाइन, निर्माण तथा सञ्चान गरी ३० वर्षपछि राज्यलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । बोर्डको अध्ययनअनुसार सम्भाव्यता अध्ययनका लागि ४ महिना, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ६–८ महिना र दुई वर्षमा निर्माण सम्पन्न हुनेछ । यो परियोजनका लागि १४ करोड ९० लाख अमेरिकी डलर लाग्ने देखिएको छ । परियोजनाको वार्षिक प्रतिफल १०.६२ प्रतिशत हुनेछ । यो भाडाबाट मात्रै उठाइने रकम हो । सुदूरपश्चिम प्रदेशमा एक सय ८५ वटा बस सञ्चालन गर्न प्रस्ताव गरिनेछ । यसमा ७९ वटा विद्युतीय बस हुनेछन् । विद्युतीय बस छोटो र मध्यम दूरीमा सञ्चालन गरिनेछ । लामो दूरीमा एक सय ६ डिजेल बस, मध्यमा २९ विद्युतीय बस र छोटोमा ५० विद्युतीय बस सञ्चालन गर्ने योजना छ ।

सम्मेलनमा सरकारले प्रस्तुत गर्ने ५० वटा परियोजनामध्ये तीनवटा यातायातसँग सम्बन्धित छन् ।

बोर्डका अनुसार सम्भाव्यता अध्ययन गर्न ६ महिना, डीपीआर ६ महिना र दुई वर्षमा निर्माण सम्पन्न हुनेछ । यसमा चार करोड ३० लाख अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ । परियोजनाले वार्षिक प्रतिफल ५.१८ प्रतिशत दिनेछ । यो पीपीपी मोडलमा निर्माण गर्ने भएकाले यस सरकारी स्तरबाट पनि लगानी गर्न सकिनेछ । परियोजनामा लगानी गर्ने कम्पनीका लागि सरकारले राइट अफ वे, टर्मिनल, परियोजनालाई सहुलियत तथा सुरक्षा प्रदान गर्ने गरी प्रस्ताव गरिनेछ । यस्तै बीआटी मोडलमै रामग्रामदेखि तिलौराकोटको ६९ किलोमिटर खण्डमा विद्युतीय बस सञ्चालन गर्न सम्मेलनमा प्रस्ताव गरिनेछ । यो परियोजना दुई चरणमा गर्न सकिने लगानी बोर्डको अध्ययनमा छ ।

पहिलो चरण लुम्बिनीदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल १८ किलोमिटर छ । दोस्रो चरण रामग्राम–लुम्बिनीदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल–लुम्बिनी–रामग्राम–तिलौराकोट ५१ किलोमिटर छ । यहाँ एक सय ६० यात्रु क्षमता भएको ५० विद्युतीय बसका लागि प्रस्ताव माग गरिनेछ । परियोजनाका लागि सरकारले साढे सातदेखि ८ मिटरको दुई डेडिकेटेड लेन उलब्ध गराउनेछ । बस सञ्चालन गर्न ठूलो १५ र सानो २५ स्टेसन आवश्यक पर्छ ।

परियोजना निर्माण गर्न पहिलो चरण साढे एक वर्ष र दोस्रो दुई वर्ष लाग्ने अध्ययनमा उल्लेख छ । पहिलो चरणमा २.३ बिलियन अमेरिकी डलर र दोस्रो चरणमा दुई करोड २० लाख अमेरिकी डलर लाग्नेछ । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन मास ट्रान्सपोर्टको आवश्यकता पर्ने भएकाले सरकारले यातायातको क्षेत्रमा ठूला गाडी भिœयाउन लगानी आह्वान गर्न लागिएको यातायात इन्जिनियर आशीष गजुरेलले बताए ।

नेपालमा साझा यातायात मात्र पीपीपी मोडलमा सञ्चालित यातायात हो । यो अर्धसरकारी हो । साझाबाहेक अन्य यातायात निजी क्षेत्रद्वारा सञ्चालित छन् । ती यातायात व्यवसायीले सरकारले निर्माण गरेको पूर्वाधारमा बस सञ्चालन गरिरहेका छन् । तर सुदूरपश्चिमा सञ्चालन हुने बस पीपीपी मोडलमा हुने भएकाले पुरानै सडकमा सञ्चालन हुन्छ भने चक्रपथ र रामग्रामदेखि तिलौराकोटमा सञ्चालन हुने बस बीओटी मोडलमा निर्माण हुने भएकाले आवश्यक लेन निजी क्षेत्रले नै निर्माण गर्नुपर्ने हुन्छ । ‘निजी क्षेत्रले फाइदा हुने क्षेत्रमा मात्रै लगानी गर्छन् । घाटा हुने क्षेत्रमा निजी क्षेत्रको लगानी कमै हुन्छ । भौतिक पूर्वाधार तथा यातायात पूर्वसचिव तुलसी सिटौलाले भने, ‘लगानी सुनिश्चिता हुने वातावरण सरकारले निर्माण गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.