अग्‍निपीडितलाई घरकै चिन्ता

अग्‍निपीडितलाई घरकै चिन्ता

ओखलढुंगा : सिद्धिचरण नगरपालिका–२ ठूलाछापको चुहानछाप गाउँका लक्ष्मी खड्का आगोले जलेर बाँकी घरको भग्नावशेष हेरेर बेला बेला टोलाउँछिन्। उनको घर फागुन २८ गते दिउँसो भएको आगलागीमा सखाप भएको थियो।

एकसरो लगाउने कपडासमेत झिक्न पाइनन्। उनले भनिन्, ‘टहराले हिउँदको चिसो र बर्खाको झरी काट्न नसकिने भयो, घर बनाउन पैसा छैन।’ आगोले घरसहित सबै धनमाल गुमाएपछि उनको परिवारको बिल्लीबाठ छ। उनले सहयोगमा पाएको जस्ताले अस्थायी टहरा बनाएको बताइन्।

चुहानछापकी यशोदा कार्की एकल महिला हुन्। उनको घरसहित सबै धनमाल आगोले सिध्यायो। अहिले उनलाई घर बनाउने चिन्ताले सताएको छ। खड्का र कार्की मात्र होइन उनीहरूजस्तै घरसहित धनमाल गुमाएका ६ परिवारको अहिले बिचल्ली छ। ५ परिवारले जस्ताका अस्थायी टहरा बनाएका छन्। आगलागीपछि नगरपालिका, सांसद, जिल्ला प्रशासन कार्यालयलगायतले आपत्कालीन राहत दिए पनि घर बनाउन उनीहरूलाई समस्या भएको छ।

यतिबेला जस्ताका टहरा दिनदिनैको हुरीले उडाउला कि भन्ने चिन्ता भएको पीडित लक्ष्मी खड्काले गुनासो गरिन्। घर बनाउन मन भए पनि सबै धनमाल सकिएपछि समस्या परेको उनको भनाइ छ। चुहानछापका ७ घर लागलागी पीडित परिवारमध्ये २ ले घरको जग खन्न थालेका छन्। राहतमा पाएको सामानले एक वर्ष खान पुग्ने भए पनि बस्ने घरको समस्या रहेकाले ऋण पाए घर बनाउने सपना देखेको यशोदाले बताइन्। उनले जिल्ला विपद् व्यवस्थापन समितिबाट पाएको १० हजार, सांसदले दिएको ७ हजारमध्ये ७ हजार रुपैयाँले टहरा बनाए पनि घर बनाउन रकम नभएको गुनासो गरिन्।

आगलागी पीडितलाई घर निर्माणका लागि सिद्धिचरण नगरपालिकाले सहयोग गर्ने जनाएको छ। घर बनाउन ऋण लिन समस्या भए सहजीकरण गरिदिने नगर प्रमुख मोहन श्रेष्ठले बताए। घर निर्माण थालेका दुई परिवारले कामदारलाई दिने ज्याला समेत नभएको बताएका छन्।

सुनकोसी गाउँपालिका–२ का ४ परिवारको अवस्था पनि उस्तै छ। आगलागीमा घर र धनमाल गुमेपछि उनीहरूलाई पनि घर बनाउनकै चिन्ता छ। सिद्धिचरण नगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन ऐन ल्याएर समिति निर्माण थाले पनि अझै पूर्णता पाउन सकेको छैन। अन्य स्थानीय तहले समेत विपद् व्यवस्थापनसम्बन्धी नीति तथा कोष निर्माण गरेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.