भारतीय विदेश सचिव काठमाडौंमा
काठमाडौं : भरतीय विदेश सचिव विजय गोखले बिहीबार दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
उनी काठमाडौं आए लगतै दुई पक्षीय सम्बन्ध र सहकार्यको बारेमा नेपाली समकक्षीसँग बैठक गरेका छन्। नेपाली समकक्षी शंकरदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षका बारेमा दुई पक्षीय बैठक भएको छ।
बैठकअघि नेपाल आएका गोखले र नेपालका विदेश सचिव वैरागीबीच भेटवार्ता भएको छ। दुई सचिवको नेतृत्वमा द्विपक्षीय वार्ता भएको हो। सचिव गोखलेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। १५ महीनाअघि विदेश सचिवमा नियुक्त गोखलेको यो पहिलो औपचारिक भ्रमण हो।