आठ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा भारतीय युवक पक्राउ

आठ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा भारतीय युवक पक्राउ

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिका–९ मा आठ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एकजना २६ वर्षीय युवक पक्राउ परेका छन् ।

भारतको बिहार राज्यको मंगुर जिल्ला स्थायी घर भइ लुभुमा बस्दै आएका रञ्जन मण्डलले फागु पुर्णिमाको दिन बालिकालाई जबरजस्ती करणी गर्ने प्रयत्न गरेको उजुरीमा छ ।

घटनापछि फरार रहेका मण्डललाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले १० गते पक्राउ गरेको थियो । वृत्तका डीएसपी गौतम मिश्रका अनुसार मण्डल भाग्दै गरेको अवस्थामा टीकाथलीबाट पक्राउ परेका थिए ।

बालिकाका बा–आमा काममा गएको बेला मण्डलले चकलेट दिन्छु भनेर बोकेर लगेको बालिकाका आफन्तको दावी छ । छिमेकीको रुपमा बस्दैआएका मण्डलको हिमचिम पुरानै रहेको पनि बालिकाका आफन्त बताउँछन् ।

मण्डलले बालिकालाई नजिकै बन्दै गरेको एउटा घरको सबैभन्दा माथि (छत) मा लगेर कपडा फुकाउन थालेपछि बालिका त्यहाँबाट आत्तिएर भागेको बताइएको छ ।
घटनास्थलबाट बालिका हतार हतार भाग्दा चप्पल चुँडिएको थियो । मिश्रले भने, ‘बालिकाको चप्पल पनि घटनास्थलबाट बरामत गरेका छौँ ।’ मण्डलको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.