सत्य निरूपण तथा मेलमिलाप आयोग पदाधिकारी सिफारिस गर्न समिति गठन
काठमाडौं : सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग पदाधिकारी सिफारिस गर्न समिति गठन गरेको छ। आयोगका पदाधिकारी सिफारिस गर्ने समिति अध्यक्षको जिम्मेवारी सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओम प्रकाश मिश्रलाई दिइएको छ ।
सिफारिस समिति सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगका एकजना रहने छन्। त्यसैगरी अन्य सदस्यमा वरिष्ठ अधिवक्ताद्वय रामनाथ मैनाली र प्रेमबहादुर खड्कासँगै शर्मिला कार्की सिफारिस भएका छन् ।