कृषि तथा पशु विज्ञान अध्ययन संस्थान : सह-प्रशासकको नै नक्कली प्रमाणपत्र

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान : सह-प्रशासकको नै नक्कली प्रमाणपत्र

काठमाडौं : कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरकी सहप्रशासक शारदा कुमारी पौडेलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश मुद्दा दायर भएको छ।

पौडेलले भारतको संस्कृत विश्वविद्यालयबाट प्राप्त उत्तरमध्यमा तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर बढुवा भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

सहप्रशासक पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको सजाय हुन मागदाबी लिई  विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

त्यस्तै ललितपुर महानगरपालिका, नक्सा शाखा, ललितपुरका अमिन बिरेन्द्र चन्दविरुद्ध पनि अख्तियारले मुद्दा दयार गरेको छ।  जग्गाको प्राविधिक मार्फत नापँजाच गरी क्षेत्रफल निर्क्योल गरी सीफारिस गर्नका लागि सेवाग्राहीसँग घुस  लिदै गर्दा पक्राउ गरेका अमिन चन्दविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

 चन्दलाई सेवाग्राहीसँग बीस हजार घुसबापतको रकम लिइसकेको अवस्थामा महानगरपालिकाको कार्यालय परिसरबाट नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.