जागिरको लोभ देखाएर युवतीलाई यौन धन्दामा लगाउने दुई थुनामा

जागिरको लोभ देखाएर युवतीलाई यौन धन्दामा लगाउने दुई थुनामा

विराटनगर : होटलमा आउने युवतीलाई काममा लगाइदिने भन्दै जबरजस्ती यौन धन्दामा लगाएको अभियोगमा विराटनगर–९ को एक रेष्टुरेन्टकी सञ्चालकसहित दुई जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। 

जिल्ला अदालतले टिफिन रेष्टुरेन्टकी सञ्चालक ३२ वर्षीया प्रिया भनिने पुर्णिमा श्रेष्ठ र त्यही काम गर्ने कल्पना भनिने टीका चौधरीलाई बिहीबार थुनामा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको हो। 

न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल इजलासको आदेश लगत्तै उनीहरुलाई कारागार चलान गरिएको सूचना अधिकारी युराज पौडेलले जानकारी दिए। 

पौडेलका अनुसार दुवै जनालाई मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ६७(१) ख बमोजिम थुनामा राख्न आदेश दिएको छ। 

प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेर श्रेष्ठ र चौधरीसहित फरार रहेका विराटनगर–४ दूधफारमका २८ वर्षीय सञ्जय श्रेष्ठलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो। 

रेष्टुरेन्ट सञ्चालिका श्रेष्ठ र उनीसँगै काम गर्ने चौधरीले विभिन्न जिल्लाबाट रोजगारीका लागि आएका युवतीलाई जागिर दिने प्रलोभन देखाउँदै जबरजस्ती यौन धन्दामा लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ। 

दुवै जनालाई प्रहरीले गत फागुन ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो। कामको खोजीमा आएका युवतीलाई रेष्टुरेन्टमा काममा लगाउने तथा विभिन्न डर र धम्की देखाउँदै कारकापमा पारेर त्यहाँ आएका ग्राहकसँग मोटो रकम लिँदै जबरजस्ती यौन व्यवसायमा लगाउने गरेको सरकारी वकिल कार्यालयको अभियोगपत्रमा उल्लेख छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.